कास्की हक्की च्याम्पियन

समाधान संवाददाता २०८१ असार १० गते १२:३४

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखराको रामबजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिबार भएको फाइनलमा वागलुङलाई ३–० ले पराजित गर्दै कास्कीले उपाधि रक्षा गरेको हो ।


गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहुँलाई पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहुँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङले १५ हजार र सहविजेता स्याङ्जाले १० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


विजेता तथा उपविजेतालाई समापन समारोहमा भारतीय पेन्सन क्याम्पसका डा आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय, सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पूर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य क्या. राजु थापा, सु. धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertisement


गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले १० औं राष्ट्रिय खेलकुदको पूर्वतयारी स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । आयोजकका अनुसार यो प्रतियोगितामा सहभागी सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टिम निर्माण गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया