कपडा व्यवसायीलाई प्रशिक्षण

समाधान संवाददाता २०८१ असार १० गते १२:४५

पोखरा ।
पोखराका कपडा व्यवसायीले व्यवसायिक सफलताका लागि उत्प्रेरणात्मक प्रशिक्षण लिएका छन् । उनीहरुले शनिबार उत्प्रेरक वक्ता रमण भट्टराईबाट प्रशिक्षण लिएका हुन् । प्रशिक्षक भट्टराईले जोसँग सकारात्मक सोँच छ, उ नै सफलताको शिखर चुम्छ भन्ने बुझ्नुपर्नेमा जोड दिए ।

Advertisement


उनले धर्तीमा रहुञ्जेल मानिसले आफ्नो जीवनलाई अलमलमा नराखी जीवन सुन्दर बनाउने यात्रामा लाग्नुपर्नेमा जोड दिएका थिए । जीवनमा उमेरको भन्दा पनि कर्मको महत्तव धैरै गुणा बढी हुने भन्दै उनले कर्ममा विश्वास गर्न आग्रह गरे ।


प्रशिक्षणमा पोखराका एक सयभन्दा बढी कपडा व्यवसायी सहभागी भएको आयोजक कपडा व्यवसायी एसोसिएसन पोखराका महासचिव चोक गुरुङले जानकारी दिए ।

Advertisement

संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार रामचन्द्र गौतम, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक लेखनाथ पौडेल, महासचिव चोक गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया