लेखनाथ क्लबद्वारा बहुउद्देश्यीय भवन निर्माण

समाधान संवाददाता २०८१ असार १० गते १२:४७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा रहेको लेखनाथ युवा क्लबको आह्वान र अन्य सामाजिक संघ संस्थाहरुको सहकार्यमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको छ ।

Advertisement


पोखरा २७ को घरेलु चौरमा करिव ९६ लाखको लागतमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनमा विशेष गरी ब्याडमिन्टनका खेल सञ्चालन गर्न सकिने र अन्य धार्मिक कार्यक्रमदेखि विभिन्न संघ संस्थाका गतिविधिहरु पनि सञ्चालन गर्न सकिने गरी भवन निर्माण गर्न लागिएको हो ।


बहुउद्देश्यीय भवन निर्माणमा लेखनाथ युवा क्लबले अग्रसरता देखिए पनि यसमा पोखरा महानगरपालिका वडा नम्बर २७, स्थानीय आमा समूह तथा युवा क्लब, लेखनाथ उद्योग वाणिज्य संघ र व्यवसायीहरुको आर्थिक सहयोगमा भवन निर्माण गर्न लागिएको हो ।

Advertisement


पहिलो चरणमा पोखरा महानगरपालिका वडा नम्बर २७ को २० लाख आर्थिक सहयोग र क्लबले संकलन गरेको ३ लाख ६६ हजारको लागतमा ट्रस निर्माणको काम सम्पन्न भएको छ । सहयोग संकलनको अभियानलाई तीब्रताका साथ अगाडि बढाउँदै बाँकी कामलाई सम्पन्न गर्ने लक्ष्य राखिएको क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।


यसैबिच क्लबले निर्माण भएको ट्रसका वारेमा जानकारी दिन उद्देश्यले राखेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले निर्माण हुने भवन वडाकै गहना र नमुनाको काम भएकाले यसको उचित रुपमा संरक्षण गर्दै आय आर्जनमा जोडिने खालका कार्यक्रम सञ्चालन गर्न सक्नुपर्ने सुझाव राखेका थिए ।

Advertisement


क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौ सामाजिक सेवा समितिका अध्यक्ष गणेशभत्त अधिकारी,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु),लेखनाथ खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष मुरारी शर्मा, समावेसी आमा समूहकी अध्यक्ष राधा काफ्ले लगायतले सबैको साथ सहयोगमा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने सुझाव राखेका थिए ।

संस्थाका सचिव सन्दीप थापाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया