गण्डकीका निलम्बित सांसद देवकोटाको रिटमाथि बहस सकियो
समाधान संवाददाता
२०८१ असार १० गते १३:१२
पोखरा ।
गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले हालेको रिटमाथि बहज सकिएको छ । प्रदेशसभा सदस्यबाट हटाउने नेकपा (माओवादी केन्द्र) र सभामुखको निर्णयविरुद्धको देवकोटाले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
गण्डकी प्रदेशको पछिल्लो सरकार गठन हुँदा देवकोटाले मुख्यमन्त्रीलाई विश्वासको मत लिएपछि माओवादी संसदीय दलले निलम्बन गरेको थियो । सभामुख धितालले उनको निलम्बनको पत्र पढेर सुनाएका थिए । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको इजालसमा आइतबार रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आइतबार बसह सकिएको छ । एकैछिनमा उनको रिटमाथि फैसला आउनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया