पत्रकार महिलालाई सूचना प्रविधि प्रशिक्षण

पोखरा ।
सञ्चारिका समूह नेपाल गण्डकीले डिजिटल साक्षरता अभियान अन्तर्गत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम आयोजना गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीको सहयोगमा भएको तालिममा उपसभामुख विनाकुमारी थापाले महिलाको क्षमता अभिवृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले तालिममा सिकेका कुरा दैनिक व्यवहारमा लागू गर्न आग्रह गरिन् । आफू नीति निर्माण गर्ने तहमा रहेको बताउँदै उनले महिला पत्रकारको क्षमता बृद्धि गर्ने सवालमा सक्दो सहयोग गर्ने उनको भनाइ छ । उपसभामुख थापाले सञ्चार माध्यमबाट सही सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिइन् ।
प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले सञ्चार माध्यमबाट प्रशारण हुने सूचना तथ्यपरक हुनुपर्ने बताइन् । पछिल्लो समय नयाँ नयाँ प्रविधिको विस्तार भइरहेको बताउँदै उनले प्रविधिको सदुपयोग गर्न सके समयको बचतसँगै गुणस्तरीय कार्यसम्पादन गर्न सकिनेमा उल्लेख गरिन् ।
फोटो पत्रकार प्रेम थापाले फोटो/भिडियो सुटिङ र सम्पादन सीप सिकाएका थिए । ४० जना तालिममा सहभागी थिए । सञ्चारिका समूहकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष उमा आलेमगरले पनि बोलेकी थिइन् ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया