माउन्ट अन्नपूर्णमा विविध खेल
पोखरा ।
माउन्ट अन्नपूर्ण माविले एसइई दिएर बसेका विद्यार्थी लक्ष्य गरी विभिन्न कार्यक्रम आयोजना गरेको छ । विश्व ओलम्पिक दिवस २०२४ को अवसरमा पोखरा नदीपुर स्थित यस क्षेत्रकै पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्णले तीन दिवसीय कार्यक्रम गरेको हो ।
असार ६ गते भएको उक्त वकृत्वला प्रतियोगितमा गण्डकी बोडिङ स्कुलका प्रशून आधिकारी पहिलो र समता थापा दोस्रो हुँदा बालविद्या स्कुलकी अर्चना सिके तेस्रो र शान्ति निकेतन माविकी आदिती पराजुली सान्त्वना ठहरिए ।
निबन्ध प्रतियोगितमा डिज्निल्यान्ड एकेडेमीकी स्मृति लम्साल, बालप्रभात बोर्डिङ स्कुलका सतिस अर्याल, माउन्ट अन्नपूर्ण माविका एन्जेल पाण्डे र अल्फा बोर्डिङ स्कुलका छात्र रिदम थापा क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना बने ।
वर्तमान समयमा ओलम्पिक खेलको भूमिका शीर्षकमा दुबै निबन्ध तथा बक्त्वकला प्रतियोगिता भएका थिए । कार्यक्रम संयोजक तथा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले प्रतियोगिताबारे जानकारी दिए । दुवै विधाका विजेता प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद ७, ५, ३ र १ हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरियो ।
यस्तै, माउन्ट अन्नपूर्णले आयोजना गरेको बास्केटबल प्रतियोगितामा छात्रातर्फ पात्ले खेत, केबिऐ(बि) र एसवाइसी क्रमश प्रथम, द्वितीय, तृतीय बने । छात्रातर्फ माउन्ट अन्नपूर्ण मावि (बि), मर्दिखोला(ऐ) र मर्दिखोला(बि) क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए । शुक्रबार सुरु भएको प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ ६ गरी जम्मा ३२ टिमको सहभागी रहेको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
प्रतियोगितामा छात्रतर्फको सर्वाेत्कृष्ट खेलाडी पात्लेखेतका प्रशान्त पाइजा र हाई स्कोरर केबेऐ (बि) का अनमोल श्रेष्ठ बने । छात्रातर्फको सवोत्कृष्ट खेलाडी माउन्ट अन्नपूर्ण माविकी मुस्कान गुरूङ र हाइ स्कोरर मर्दिखोला(ऐं) का सजिना गुरूङले हात पारे । बास्केटबल छात्रतर्फ प्रथम, द्धितीय, तृतीयलाई क्रमशः नगद २०, १० र ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
छात्रातर्फ प्रथम, द्वितीय, तृतीयले क्रमशः ९, ६ र ३ हजारका साथमा पदक तथा प्रमाणपत्र पाए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं विद्यालयमा निर्देशक तेजबहादुर गुरूङले अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा विद्यालयले गरेको रचनात्मक कामको प्रशंसा गर्दै सहभागी विद्यार्थी र विद्यालयहरुलाई धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया