देवकाेटामाथिकाे कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
समाधान संवाददाता
२०८१ असार १० गते १५:२६
पोखरा ।
गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटामाथि गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । देवकोटाले सांसद पद पुनरवाहालीका लागि सर्वोच्चमा रिट दर्ता गरेका थिए । न्यायाधीश प्रकाशमान सिंहराउतको इजलासले आइतबार उनको रिटमाथि सुनुवाई गर्दै माओवादी संसदीय दलको निर्णय कार्यान्वयन नगर्न कारण देखाउ आदेशसँगै अन्तरिम आदेश दिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया