जुनियर सिटीजन्सलाई फुटबल उपाधि
पोखरा ।
पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीको आयोजनामा भएको एसइई कप सेभेन ए साइड फुटबल प्रतियोगिता जुनियर सिटीजन्स एकेडेमीले जितेको छ ।
एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर विद्यालयले असार ८ र ९ गते दुई दिवसीय रुपमा प्रतियोगिता सञ्चालन गरेको हो ।
नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत आइतबारको फाइनल खेलमा डायमन्ड माविलाई १–० को अन्तरले हराएर जेसिएले उपाधि हाँसिल गरेको हो ।
लेखनाथ क्षेत्रका १९ विद्यालयका एसइई दिएरका विद्यार्थीका समूहले सहभागिता जनाएको प्रतियोगितामा प्रथम भएर जुनियर सिटीजन्सले १५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेल संयोजक विचित्र न्यौपानेले दोस्रो भएको डायमन्डले १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको जनाए । कार्यक्रममा नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुदले व्यक्तित्व विकासमा ठूलो योगदान गर्ने बताए ।
प्रिन्सिपल बिकल पौडेल, नेसनल प्याब्सन कास्की उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, सदस्य शिवराज पौडेल, विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष मनप्रसाद गुरुङ, राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङ लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया