कलाकार तथा कवि श्रेष्ठ सम्मानित

पोखरा ।
त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा भगवती–होम कला वाङ्मय पुरस्कारले नेपाली चित्रकला र कविताका प्रसिद्घ सर्जक प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठलाई सम्मानित गर्ने भएको छ । असार १५ गते गैंडाकोट प्रतिष्ठानले सम्मान गर्ने भएको हो ।
थुप्रैचोटि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका श्रेष्ठको नेपालमा दुईपटक एकल कला प्रदर्शनी सम्पन्न भएको छ । जन्मथलो पोखरामै नेपाली कला र कवितालाई आफ्नो छुट्टै मौलिक शैलीमा अनुष्ठान गर्दै आएका श्रेष्ठ नेपाली कविताको मूल्य र मान्यताका लागि मुलुकमै टिकटमा एकल कविता वाचन कार्यक्रम सुरु गर्ने प्रथम प्रयोक्ता हुन् ।
त्रिविवि स्नातक तह प्रथम वर्षको ऐच्छिक नेपाली कोर्समा २०६५ देखि कविता समावेश भएका श्रेष्ठको नपोतिएका रंगहरू (गीत सङ्ग्रह २०५२), चराहरूको पहाड (कविता सङ्ग्रह २०५५), आमा नदीहरू (कविता सङ्ग्रह २०५७), बुद्ध बिम्ब अक्षर बिम्ब (कविता सङ्ग्रह २०५८), इन द नेम अफ बुद्ध (अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह २०५८), घाँस उखेलिरहेकी केटी (कविता काव्य २०६०), रोदी रोएको देशमा (काव्य २०६२), कविता र साँझ (नेपाली कविताको पहिलो श्रव्य दृश्य २०६४), अक्षरको खेत (२०६५ कविता सङ्ग्रह), चोक र तमसुक (२०६७ खण्डकाव्य ), कविताको उज्यालो (२०७० कविता सङ्ग्रह), रङहरूको गीत (कविता र चित्रकला सङ्ग्रह २०७३), अग्निनृत्य (२०७४ काव्य ), मलामी पहाड र सारङ्गी (२०८० काव्य) प्रकाशित छन् भने आँसुमा खसेको पृथ्वी (कविता सङ्ग्रह), कोलाज उत्सव (काव्य) सुनगाभाको ओठ (गीत सङ्ग्रह) प्रकाशोन्मुख छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार, मोती पुरस्कार, ससिद्घि राष्ट्रिय कलाश्री पुरस्कार, व्यथित काव्य पुरस्कार, शिरोमणि पुरस्कार आदि थुप्रै पुरस्कार तथा मान सम्मानले सम्मानित श्रेष्ठ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख पनि हुन् ।
श्रेष्ठले नेपाली कला र काव्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको हो भन्दै उक्त अवसरमा मुकेश मल्ल, प्रभा भट्टराई, डा.गीता त्रिपाठी, मनोज भण्डारी, गोपी सापकोटा र बरुण बाबु घिमिरेलाई विभिन्न पुरस्कारले सम्मानित गरिने त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा गैंडाकोट प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भीमप्रसाद शर्माले बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया