औषधी व्यवसायी गण्डकीमा केशरी

समाधान संवाददाता २०८१ असार १२ गते १५:५२

पोखरा ।
नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्ष केशरीप्रसाद तिवारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Advertisement


कार्यसमितिको निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष दयानिधि पौडेल, उपाध्यक्ष (थोक) लक्ष्मीनारायण पराजुली, उपाध्यक्ष (खुद्रा) धनुदेवी पिया, महासचिव सञ्जीव देवकोटा क्षत्री, कोषाध्यक्ष सुरेन्द्रकुमार अग्रवाल, सचिव संगमबाबु श्रेष्ठ, उपकोषाध्यक्ष यज्ञप्रसाद शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद लम्सालले जानकारी दिए ।


कार्यसमित सदस्य थोकतर्फ दुर्गाप्रसाद अधिकारी र मिलन श्रेष्ठ, सदस्य खुद्रातर्फ कमला भण्डारी र चन्द्रराज रेग्मी छन् । कार्यसमिति सदस्य महिलामा उर्मिला बस्नेत, खुला सदस्यमा गणेशमान श्रेष्ठ, दीर्घनारायण मरासिनी, नरहरि पनेरु र रामबहादुर बल्कोटी निर्वाचित भएका छन् ।

Advertisement


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिवेशनको उद्घाटन गर्दै औषधी व्यवसाय मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित पेशा व्यवसाय भएकाले सबै नीति नियमको पालना गरी इमान्दारीका साथ काम गर्न आग्रह गरे । प्रदेश सरकारले औषधी व्यवसायको क्षेत्रलाई अझै जिम्मेवार र सेवामुखी बनाउन सहयोग गर्ने उनले उल्लेख गरे ।


तीन तहका सरकारलाई स्वास्थ्यको अधिकार भएता पनि नियमनको व्यवस्था स्पष्ट रुपमा गर्न नसकेको चर्चा गर्दै उनले औषधी व्यवस्था विभागले मात्र नियमन गर्ने व्यवस्था व्यवहारिक नभएको तर्क गरे । उनले प्रदेशले स्पष्ट नीति ल्याएर व्यवस्थित गर्ने बताए ।

Advertisement


कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, नेपाल औषधी व्यवसायी संघ केन्द्रीय समितिका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, केन्द्रीय उपाध्यक्ष (थोक) टंकप्रसाद अधिकारी, केन्द्रीय उपाध्यक्ष (खुद्रा) यमनाथ पौडेल, महासचिव श्रीधर खनाल, गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष शिवबहादुर केसी, कास्कीका अध्यक्ष धीरज गौतम, लगायतले औषधी व्यवसायबारे बोलेका थिए ।


अधिवेशनको उद्घाटन समारोहमा ७० वर्ष उमेर पुगेका तथा अग्रज औषधी व्यवसायी सुरेशकुमार राजभण्डारी, चिरञ्जीवीकुमार श्रेष्ठ, डा कृष्णबहादुर श्रेष्ठ, दण्डपाणि शर्मा सुवेदी, पाण्डवबहादुर श्रेष्ठ, टोपबहादुर श्रेष्ठ, वेदानन्द खनाल, धनुदेवी पिया, पद्मा राना लगायतलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया