यसपालि फेवाफाँटमा रोपाइँ महोत्सव

पोखरा ।
‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ असार १५ गते शनिबार पोखरामा रोपाइँ महोत्सव हुँदैछ । अफ सिजनमा पर्यटकको आकर्षण बढाउन २०६१ सालदेखि रोपाइँ महोत्सव सुरु गरिएको थियो । यसपालिको महोत्सव १९ औं संस्करण हुनेछ ।
महोत्सवमा हिले दौड, हिले भलिबल, रस्साकस्सी, असारे गीत गायन, हल गौरु दौडलगायतका प्रतियोगिता गरिनेछ । समीक्षा अधिकारी, बालकाशी गुरुङ, निर्जला गुरुङ र प्रजापति पराजुलीको सांगीतिक प्रस्तुति पनि रहने पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।
पोखरा पर्यटन परिषदले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखराको फेवा फाँटमा महोत्सव हुँदैछ । कार्यक्रम सफल बनाउन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको संयोजकत्वमा ४५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवका स्थानीय आयोजकका रूपमा पोखरा महानगरपालिका–२३ मार्गी.बगर टोल विकास संस्था छन् । प्रवद्र्धकका रुपमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका छन् ।
‘पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न टेवा पु¥याएको छ,’ परिषदका महासचिव सञ्जयकान्त सिग्देल भन्छन्, ‘महोत्सवले पोखराको पर्यटन बढाउने उल्लेख्य भूमिका निर्वाह गरेको छ ।’
नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । पोखरामा हुने रोपाइँ महोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । हिले दौड, हिले भलिबल, रस्साकस्सी, असारे गीत गायन, हल गौरु दौड प्रतियोगिता। साथै कार्यक्रममा चर्चित गायिकाहरू समीक्षा अधिकारी, बालकाशी गुरुङ र निर्जला गुरुङले सांगीतिक प्रस्तुति दिनेछन् । त्यसैगरी लोकगायक प्रजापति पराजुलीको पनि विशेष प्रस्तुति हुनेछ ।
रोपाइँ महोत्सव किन ?
—पोखरा तथा गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउन ।
—‘पोखरा सबै मौसमका लागि’ भन्ने भनाइलाई सार्थक बनाउँदै रोपाइँजात्रामा पर्यटक तथा युवालाई सहभागी गराएर संरक्षणका भाव जगाउन ।
—पोखरामा भएका पर्यटकलाई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराउन । ।
—पोखरा सुरक्षित गन्तव्य रहेको सन्देश दिन ।
—कृषकहरूलाई आफ्नो पेसाप्रति गौरब बोध गराउन ।
—नयाँ पुस्तालाई चामल बोरामा होइन, खेतमा फल्छ फल्छ भन्ने सिकाइसँगै परम्परागत कृषि प्रणालीको प्रत्यक्ष जानकारी गराउन ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया