लोमान्थाङ गाउँपालिकाकाे चालु र पुँजीगत खर्च हाराहारी
जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ का लागि २७ करोडको १२ लाख ७६ हजारको बजेट प्रस्तुत गरेको छ । १७ औं गाउँसभामा उपाध्यक्ष छिमी बिष्टले बजेट प्रस्तुत गरेकी हुन् ।
चालु खर्चतर्फ १४ करोड ३७ लाख र पुँजीगततर्फ १२ करोड ७५ लाख बजेट छ । गाउँपालिकाको कुल बजेटमा गत वर्षको आन्तरिक स्रोत मौज्यात र पालिकाको राजस्व गरी ५ लाख २५ हजार ७५ हजार संकलन हुने प्रक्षेपण गरिएको छ । संघीय राजस्व बाँडफाँडबाट ४ करोड ५६ लाख र प्रदेश राजस्व बाँडफाँडबाट ५५ लाख ७७ हजार प्राप्त हुने प्रक्षेपण छ ।
लोमान्थाङको बजेटमा संघीय वित्तीय समानीकरण अनुदान ७ करोड ६ लाख र प्रदेश वित्तीय समानीरण अनुदान ४६ लाख २२ हजार छ । संघीय सशर्त अनुदान ६ करोड ७४ लाख २ हजार र समपुरक अनुदान १ करोड ५० लाख आयका स्रोत छन् । प्रदेश समपुरक अनुदान ६० लाख प्रदेश सरकारको विषेश अनुदान ४० लाख बजेटमा समावेश छ ।
आर्थिक विकासतर्फ ९३ लाख, सामाजिक विकासतर्फ १ करोड ९६ लाख, पूर्वाधार विकासतर्फ ७ करोड ८६ लाख ६७ हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड ११ लाख ५० हजार र विपद् व्यवस्थापन कोषतर्फ ४० लाख बजेट विनियोजना गरेको उपाध्यक्ष बिष्टले गाउँसभा अधिवेशन जानकारी दिईन् ।
यसअघि अध्यक्ष टसीनर्बु गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको बजेट गाउँसभाले पारित गरेको गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षभन्दा २ करोड कम हो । चालु वर्ष लोमान्थाङको कुल बजेट २९ करोड छ ।
तपाईको प्रतिक्रिया