गण्डकी बोर्डिङका २ जनाले ल्याए ४ जिपिए

समाधान संवाददाता २०८१ असार १३ गते १५:११

पोखरा ।

Advertisement

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको २०८० मा गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो विद्यालयका आयुष पराजुली र ओजश्वी शर्माले ४ जिपिए ल्याएका हुन् ।

एसइईमा गण्डकी बोर्डिङका १२१ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालयले जनाएको छ ।

Advertisement

३.२० देखि ३.६० सम्म २४ जना र २.८ देखि ३.२० ल्याउने २ जना छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट १८६ जनाले ४ जिपिए ल्याएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया