खानेपानी संस्थानमा असारे १५

समाधान संवाददाता २०८१ असार १६ गते १३:२२

पोखरा ।
गण्डकी प्रदेश सभा सांसद प्रकाश बरालले कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारी चाहिने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति पोखराद्वारा आयोजित असारे १५ आर्थत् धान दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका नेतासमेत रहेका बरालले नियम र कानुन अनुरुप उपभोक्ताको सेवा गर्न आवश्यक भएको बताए ।

Advertisement


उनले उच्च मनोबल बोकेर कर्मचारीले सेवा गर्दा कुनै समस्या नहुने भन्दै पोखरामा पानीको माग बढेसँगै आपूर्तिको व्यवस्था मिलाउन संस्थानलाई सुझाव दिए । गण्डकी प्रदेशबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताएका बरालले कर्मचारीको समस्या समाधान पहिलो कर्तव्य भएको बताए ।


कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत आम कर्मचारीको हित गर्नुपर्ने समय आएको बताए ।

Advertisement

अध्यक्ष धमलाले कर्मचारी सेवा शर्त विनियमावली अति नै आवश्यक रहेको बताउँदै आगामी साउन महिनामा प्राप्त नभए आन्दोलनको तयारीमा रहन इकाइ समितिलाई अनुरोध गरे । संस्थानमा क्रियाशील युनियनहरु एक भएको जनाउँदै धमलाले कर्मचारीमा अनुशासन, दक्षता र उपभोक्ता मैत्री भाव हुनुपर्नेमा जोड दिए ।


इकाइ समिति अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको दहिच्युरा खाने पर्वलाई निरन्तरता दिएको सभामा इकाइ समितिका उपाध्यक्ष रेखा केसीले जनाइन् । कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीलेसबै कर्मचारीको एकताले मात्र कार्यालय सञ्चालन हुने भएकाले अनुशासित र मर्यादित बन्न आग्रह गरेका थिए ।

Advertisement


कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारीले संकृति जोगाउने पर्वलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै एकताबद्ध भएर सस्ंथानको समस्या संयुक्त रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, सहायक प्रशासन अधिकृत शिवराज भण्डारी, विन्ध्यवासिनी इकाइ प्रमुख प्रकाश सिलवाल, सबइन्जिनियर लक्ष्मण पाण्डे, अखिल नेपाल सरकार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका गण्डकी प्रदेश संयोजक हरि पौडेल, इकाइ सदस्य विक्रम बरुवाल लगायतले असारे पन्ध्रको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया