प्रचण्ड सरकार ढल्नुका कारण मध्ये एक- अधिकारी सरकारलाई माओवादी असहयोग

पोखरा ।
०८४ को आम निर्बाचन मात्र हैन, त्यसपछि पार्टी एकता गरेर सधै सँगै हिड्ने बाँचासहित गठबन्धन बनाएका एमाले माओवादीकाे गठबन्धन एकाएक भत्कदा राजनीतिमा तरंग छाएको छ । के कारणले एमाले अध्यक्ष माओवादी सुप्रिमो तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिच्किए भन्ने कारणहरुको खोजी राजनैतिक वृत्तमा व्यापक छ ।
मुलुकको राजधानी काठमाण्डुमा यसका बारेमा अनेकन चर्चा भैरहेका छन् । कसैले बजेट ओलीको असन्तुष्टीको कुरा गरेका छन् भने कसैले राजनैतिक नियुक्तमा भएका खचपचलाई कारण बताएका छन् ।
देखिने र भनिएकाे कारण भने संविधान संशोधन छ । निर्बाचन प्रणाली र शासकीय स्वरुपको व्यापक आलोचना भैरहेको बेलामा यसैमा जनचाहना अनुरुप संशाेधन गर्ने गरी एमाले कांग्रेस एक ठाउमा उभिएको विषयले बढी चर्चा पाएको छ । कांग्रेस र एमालेसँग एक्ला एक्लै एक तिहाईको हाराहारीमा सिट संख्या भएकाले यी दुई दल एक ठाउमा नभिइकन दुई तिहाई संख्या नपुग्ने भएकाले संविधान संशाेधनका लागि यी दुई दलका एकै ठाउमा उभिनै पर्दथ्यो ।
यसो हो भने के ओली हाँसी खुशी गठबन्धन तोडेर नयाँ गठबन्धन तर्फ लागेका हुन् त ? यो पक्कै होइन् । एमाले अध्यक्ष ओलीले संसदीय दलको बैठक डाकेर बजेटको खुला विरोध गर्न निर्देशन नै दिएका थिए । यसैबाट बुझ्नु पर्छ उनी प्रधानमन्त्री प्रचण्डसँग खुशी थिएनन् ।
श्रोतका अनुसार ओली र प्रचण्डबीचको तिक्तताको कनेक्शन गण्डकीसम्म पनि जोडिएको छ । एमाले अध्यक्ष ओलीले माओवादी असहयोग कै कारण गण्डकीमा एमाले नेता खगराज अधिकारीकाे सरकार गिरेको बुझेका छन् ।
माओवादीबाट निर्बाचन जितेका गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल कै सहयोगका कारण गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार बनेको र विश्वासको मत पाएकाे बुझाई छ ।
मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिने बेलामा पनि सभामुख धितालले भद्र सहमति अवज्ञा गरेको श्रोतको दावी छ । उनले ३० सांसदलाई नै बहुमत घोषणा गरे आफ्नाे मत सुरक्षित राखेका थिए । यसमा एमाले नेताहरुकाे असहमति थियो ।
त्यस्तै सभामुख र उपसभामुखले पदबाट राजीनामा गरेको भए पनि कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउने थिएनन् । उनले विश्वासको मत नपाउदा गण्डकी प्रदेश कि त मध्यावधिमा जानु पर्दथ्यो कि त एमाले कै नेतृत्वमा सरकार बनाउनु पर्दथ्यो ।
आफ्नो पक्षमा ३१ सांसद हुँदा हुँदै पनि सभामुख कै असहयाेगका कारण एमाले सरकार गिरेको रिपोर्ट ओली समक्ष पुगेको थियो । गोरखा एउटै निर्बाचन क्षेत्रबाट चुनाव लडेका प्रचण्डले सुरेन्द्र प्रति सद्भाव राखेको बुझाई एमाले वृत्तमा थियो । यही कारण पनि ओली प्रचण्डसँग सशंकित भैरहेको श्रोतको दावी छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया