कास्की पूर्ण खोप सुनिश्चित जिल्ला बन्दै
समाधान संवाददाता
२०८१ असार १८ गते १५:४८

पोखरा ।
कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ । कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा भएको बैठकले असार २० गते विशेष समारोहको आयोजना गरी उक्त घोषणा गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको प्रमुख उपस्थितिमा सो घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।
यसअघि कास्कीका पाँच ओटै पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै कास्की घोषणाको बाटोमा अघि बढेको पौडेलले जानकारी दिए ।
यो घोषणासँगै कास्कीका कुनै पनि खोप लगाउने उमेर समूहका नवजात शिशु तथा बालबालिका खोपबाट बन्चित नभएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा सो समितिका सदस्य सचिव रामबहादुर नेपालीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया