सुनचाँदी व्यवसायी महासंघ सचिवमा दियाली

समाधान संवाददाता २०८१ असार १८ गते १६:४५

पोखरा ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सचिवमा निर्मल दियाली निर्वाचित भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २८ का बासिन्दा दियाली पोखरा महानगरको कार्यपालिका सदस्यसमेत हुन् ।

Advertisement


काठमाडौँमा भएको महांघको चौथो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भए । रसाइलीले २ सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामुले एक सय ८४ मत प्राप्त गरे ।


महासंघको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा चुनिए ।

Advertisement


महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ निर्वाचित हुँदा सचिवमा दियालीसहित टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली र सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य छन् । महाधिवेशनमा ४ सय ४६ प्रतिनिधि थिए ।

Advertisement

तपाईको प्रतिक्रिया