रविलालको योगदानको चर्चा

राष्ट्रिय समाचार समिति (रासस) २०८१ असार १९ गते १२:०७

लेखनाथ ।
साहित्यकार प्राडा रविलाल अधिकारीको ७९ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकीले सोमबार खुला कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा कवि संयोग बस्याल पहिलो बने ।

Advertisement


२२ जना कवि सहभागी प्रतियोगिताका सर्वोकृष्ट बस्यालले ११ हजार १ सय ११ द्वारा पुरस्कार पाए । कवि गौतम अनिस द्वितीय हुँदै ८ हजार ८ सय ८८, तृतीय विवेक पराजुलीले ६ हजार ६ सय ६६ र सान्त्वना हुँदै सजिना पौडेलले ४ हजार ४ सय ४४ पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई नेकपा (एमाले) स्थायी समिति सदस्य किरण गुरुङले पुरस्कार वितरण गरे ।


गुरुङले अधिकारीले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्र्दै उनी कुशल समालोचक भएको जनाए । सादा जीवन उच्च विचार भएका अधिकारी जस्ता व्यक्ति नेपाली साहित्यमा विरलै भेट्न सकिने गुरुङको भनाइ छ ।

Advertisement

गण्डकी पज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्राडा अधिकारी अग्रणी साहित्यकारमात्र नभएर सफल साहित्यकारको रुपमा चिनिँदै जनाए । उनले अधिकारीको योगदानको मूल्याङ्कन गर्दै जन्म जयन्तीका साथ उहाँलाई सम्झिएको उल्लेख गरे ।


प्राडा रविलालका छोरा प्रमोदले बुवाका कृर्तिहरु प्रकाशनमा ल्याउने तयारीमा रहेको सुनाए । खुला कविता प्रतियोगिताको निर्णायक मण्डलमा जगन्नाथ रेग्मी, विमल सापकोटा, छन्दिका त्रिपाठी र शंकर विरही गुरुङ थिए ।

Advertisement

राष्ट्रिय जनसांस्कृतिक महासंघका संस्थापक केन्द्रीय सदस्य प्राडा अधिकारीको योगदानको सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको महासंघ गण्डकी अध्यक्ष सुवास मल्लले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया