माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप

समाधान संवाददाता २०८१ असार १९ गते १३:१५

काठमाडौं ।
अप्लाइन्स उत्पादक माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुई नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्रयाएको छ । नयाँ उत्पादनहरूले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ ।


सिजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल ९०एम २१ टी, ९० सेमि टी–शेप्ड कुकर हुड, ३ फिल्टर र ५ लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, १२००एमक्यु÷घण्टाको सक्सन पावर र १ एलइडी लाइट्स (थ्रि डब्लु) ऊर्जा–दक्ष छन् ।


म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको छ । अर्को मोडेल, ९०भी११, ९० सेमी कभर््ड कुकर हुड, अटो हिट क्लीन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, १५००एमक्यु/घण्टाको सक्सन पावर र २ एलईडी लाइट्स (थ्रि डब्लु) ऊर्जा–दक्ष छन् । ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको छ ।

Advertisement


त्यसैगरी ग्यास हबहरू उच्च गुणस्तरीय सामग्री र प्रविधिको उपयोग गर्दै निर्माण गरिएका छन् । मोडेल ७५जीटी५०३, ३ बर्नर ग्यास हब, ८ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिसन, ३ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन् ।

४.५ केडब्लुह्२ ट्रिपल रिंग र १.७५ केडब्लु ह १ डुअल रिंग समावेश छन् । मोडेल ८० जीएफ ५०३, ४ बर्नर ग्यास होब, ८ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिसन, ४ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन् ।

Advertisement


यसैगरी माइडिया ब्रान्डका स्टोभहरू बलियो र टिकाउ बनावटका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोडेल टी २११ जी, २ बर्नर ग्यास कुकटप, ब्ल्याक टेम्पर्ड ग्लास, एनामेल प्यान सपोर्टसहित एलपिजी ग्यास स्रोतमा आधारित छ ।


मोडेल टी २११ एसएस, २ बर्नर ग्यास कुकटप, स्टेनलेस स्टीलको आकर्षक बडी, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ । दुवै मोडेलमा सीई स्ट्यान्डर्डअनुसार फ्रन्ट कन्ट्रोल र पाईजोइलेक्ट्रिक इग्निसन प्रणाली समावेश छ ।


माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पिटिसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताका लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।

तपाईको प्रतिक्रिया