‘मानव अधिकार वर्ष पुस्तक मानवअधिकारको दस्तावेज’

पोखरा ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि कास्की जिल्लामा संकलित घटनाको अर्धवार्षिक समीक्षा मंगलबार भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाको विषयमा सरोकारवालासँग समीक्षा गरिएको हो ।
इन्सेकले संकलन गरेको घटनाको त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक कार्यक्रम गरिएको हो । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले ६ महिनादेखिका घटनालाई प्रस्तुत गरे ।
रानाभाटका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा सन् २०२४ जनवरीदेखी जुनसम्म ९३ वटा मानवअधिकार उल्लंघन र ज्यादतिका घटना अभिलेख गरेको छ ।
बालअधिकार उल्लंघन अन्तर्गत ८ वटा घटना छन् । तीमध्ये बालिका बलात्कार ३ वटा, बालिका यौन दुव्र्यवहार ३ वटा, मानव बेचबिखन १ वटा गरी ८ वटा घटना भएका छन् । यस्तै, अमानवीय व्यवहार तथा दुव्र्यवहारका १६ वटा, कुटपिटका ६ र एउटा हत्या घटना भएका छन् । महिला अधिकारसम्बन्धी घरेलु हिंसाका ५३ वटा, बलात्कारका ४ वटा, बहुविवाहका ३ र मानव बेचविखनका २ वटा घटना इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले यति धेरै घटना घट्नु दुखद् भएको सुनाए । इन्सेकले संकलन गरेका घटनालाई राज्यले सचेत भएर आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न लाग्नुपर्ने उनको छ । ‘हिजो कुनै दिन म पनि इन्सेक जनप्रतिनिधि भएर काम गरेको मान्छे हुँ । यो एकदमै जटिल काम हो । त्यसका बाबजुद पनि यसले समग्र देशको परिस्थिति र अवस्था बोलेको छ,’ उनले भने ।
इन्सेकले संकलन गरेका घटनाको त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा गरिएको हो
इन्सेकले पछिल्लो समय मानव अधिकारको क्षेत्रमा वाच डगको रुपमा काम गरेकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको सुनाए । मानव अधिकार आयोगका अधिकृत खिमलाल सुवेदीले इन्सेकले मावन अधिकार रक्षका लागि उल्लेखनीय काम गरेको सुनाए । जिल्लामा मानव अधिकारको अवस्था कस्तो रह्यो भन्ने कुरा इन्सेकको अभिलेखले संकेत गरेको उनले सुनाए ।
‘प्रहरीमा सहजै उजुरी दर्ता नहुनु मानव अधिकार उल्लंघन हो । यदि त्यो उजुरी दर्ता भएर अनुसन्धान भयो भने मानव अधिकार उल्लंघन पालना भएको रुपमा लिइन्छ । तर, व्यक्तिले गर्ने अपराध हो । त्यसको पनि सत्यतथ्य छानविन हुनुपर्छ ,’ उनले भने । सुवेदीले इन्सेकले आगमी दिनमा परिस्कृत हुँदै डाटाहरु प्रस्तुत गर्दा राज्य पक्षबाट भएका घटनालाई छुट्टै अभिलेख गर्न अनुरोध गरे ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले ६ लाख जनसंख्या भएको पोखरामा अझै धेरै मानव अधिकार उल्लंघनका घटना भएको हुन सक्ने सुनाए । पोखरामा रहेको एक विद्यालयबाट बालिकालाई चीन पु¥याइएको उनको दाबी छ ।
पोखरा महानगरपालिका बालकल्याण अधिकारी देवकुमारी गुरुङले महानगरले बालश्रमिकलाई महानगरले उद्धार गरेको सुनाइन् । जिल्ला प्रहरी कार्यालय कास्कीकी रजनीति कुँवरले प्रहरी कार्यालयमा उजुरी दर्ता भए पनि अदालतमा पुगेर होस्टाइल हुने कुरा दुखद भएको बताइन् ।
कार्यक्रममा उपस्थित विभिन्न संघ, संस्थाका प्रतिनिधिले इन्सेकले अब मानव अधिकारका क्षेत्र वृहत भएकाले उक्त विषयमा थप सेवा विस्तारमा गर्नुपर्ने सुझाएका थिए । विद्युत, सडक, खानेपानीका सवालमा विशेष सुझावसहितका विवरण इन्सेकले ल्याउनुपर्ने जोड दिएका थिए । घटना घट्न नै नदिनेतर्फ सबैले सहकार्य गर्नुपर्ने र समाजलाई सुसूचित बनाउनुपर्ने कार्यक्रमा उपस्थितको जोड थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार वर्ष पुस्तक प्रकाशनको मुख्य उद्देश्यका बारेमा प्रकाश पारे । उनले इन्सेकले प्रत्येक वषै नेपाल मानव वर्ष पुस्तक प्रकाशन गर्दै आएकाले सोही उद्देश्य अनुरुप स्न २०२५ वर्ष पुस्तकका लागि अर्धवार्षिक कार्यक्रम गरिएको सुनाए । कार्यक्रम सञ्चालन इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया