५७४ औं स्काउट आधारभूत तालिम

पोखरा ।
नेपाल स्काउट स्थानीय स्काउट कार्यालय, पोखरा महानगरपालिकाको आयोजनामा २०८१ असार १२ गते देखि असार १७ गते सम्म ५७४ औं स्काउट आधारभूत तालिम (वि.टि.सी) सम्पन्न भएको छ ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईको प्रमुख आतिथ्यता एवं नेपाल स्काउट स्थानीय स्काउट कार्यालय पोखरा महानगरपालिकाका स्थानीय प्रमुख आयुक्त किशान भण्डारीको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो ।
कोर्षका कोर्ष लिडर नारायण पराजुली र प्रमुख अतिथि भट्टराईले तालिम लिएर सकेपछि विद्यालयहरुमा स्काउट ट्रुप सञ्चालन गरि स्काउट अभियानलाई अगाडि बढाउने कुरामा विशोष जोड दिएका थिए ।
पोखरा महानगरपालिका वडा नं. १८ सौर्यखोला चौर स्थित होटल जंगल पार्कमा सन्चालित तालिममा पोखरा महानगरपालिका भित्रका विद्यालयहरुबाट प्रतिनिधित्व गर्दै १८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा ङेमा सिं तामाङ, अर्जुन बस्नेत र कुशल बरालले सहजीकरण तथा काउन्सीलरको भूमिका निर्वाह गर्नुभएको थियो । ६ दिन सम्म सञ्चालित उक्त तालिममा नेपाल स्काउट स्थानीय स्काउट कार्यालय पोखरा महानगरपालिकाका स्थानीय प्रमुख आयुक्त किशान भण्डारी, शैक्षिक पद्धति आयुक्त प्रतिक्षा खनाल, सुशासन, श्रोत, विकास तथा वित्त आयुक्त सुरेश लामिछाने र कार्यकारी सदस्य सूर्यप्रसाद तिमिल्सिना र रत्न विश्वकर्माले व्यवस्थापनमा सहयोग गरेका थिए भने सदस्यता वृद्धि आयुक्त कृष्ण कुमार राजवाहकले व्यवस्थापन तथा प्रशिक्षणमा सहजीकरण समेत गरेका थिए ।
हाम्रो क्यू, पोखराका रोभर लोकेन्द्र कुमालले सर्भिस टिममा रहेर काम गरेका थिए ।नेपाल स्काउट प्रदेश स्काउट कार्यालयका सदस्यता वृद्धि आयुक्त महेन्द्र उपाधयाय, प्रदेश परिषद सदस्य बिनय पराजुली, नेपाल स्काउट प्रदेश स्काउट कार्यालयका कार्यालय प्रमुख विजय पौडेल, हिमाली बाल कल्याण संरक्षण मञ्चका प्रमुख टंकप्रसाद गुरुङ, होटल जंगल पार्कका सञ्चालक नारायण खनाल लगाएत उपस्थिति रहेका थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया