मुस्ताङको थासाङमा जुवातास मौलाउँदै

जोमसोम— मुस्ताङको थासाङ गाउँपालिकामा जुवातास मौलाउँदै गईरहेको बताईएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना(एक्याप) मुस्ताङद्वारा बिहिबार जोमसोममा आयोजित ‘लैङ्गिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम’मा थासाङ गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सुशिला गिरीले यस्तो जानकारी गराएकी हुन् ।
एक्यापद्वारा आयोजित उक्त कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त ,मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेय र एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मी लगायतले लैङ्गि सचेतना तथा अन्तरक्रिया कार्यक्रममा आ—आफ्नो प्रस्तुतीरकण सकेपछि थासाङ गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख गिरीले शाखाले गरेको कार्यसम्पादनका बिषयमा जानकारी दिदै थासाङ गाउँपालिकामा जुवातास मौलाउँदै जान थालेको प्रति चिन्ता व्यक्त गरिन् । उनले गाउँपालिकाको कुन वडामा जुवातास मौलाउँदै गईरहेको छ भन्ने बिषय स्पष्ट खुलाईनन् ।
थासाङमा महिला र पुरुष दुबैले जुवातास खेल्ने गरेको शाखा प्रमुख गिरीको भनाई थियो ।‘हाम्रोतीर निकै जुवातास खेल्ने कामले प्रश्रय पाईरहेको छ, यो सामाजिक दृष्ट्रिकोण राम्रो होईन, शाखा प्रमुख गिरीले थपिन्,‘कहिले काँही त मेरै सामु पनि उनीहरु जुवातास खेलिरहेका हुन्छन्, त्यो देख्दा म आफुलाईनै निकै अप्ठ्यारो हुन्छ ।’
थासाङमा २५ प्रतिशत व्यत्तिले जुवातासा खेल्ने गरेको उक्त अन्तरक्रिया कार्यक्रममा उनले दावी गरेकी छिन् । थासाङमा सामाजिक विकृति र विसङ्गतीलाई न्यूनिकरण गर्न त्यहाँ सामाजिक चेतना र विकासका लागि निकै ठुलो मेहनत गर्नुपर्ने उल्लेख गरिन् ।
थासाङमा बढ्दो जुवातास र खुलेयाम मदिरा बिक्री वितरणले सामाजिक हिंसा निम्त्याउन सक्ने शाखा प्रमुख गिरीको भनाई छ । उनले थासाङमा जुवातास खेल्ने खेलाउने उजुरी दिने हो भने धेरैजसो प्रहरीको फन्दामा पर्ने उल्लेख गरिन् । कार्यक्रममा थासाङ गाउँपालिकाको महिला तथा बालबालिका शाखाले सबै किसिमका सामाजिक हिंसा न्यूनिकरण गर्न विभिन्न संञ्जालहरु गठन भईसकेको बताईन् ।
एक्यापको उक्त कार्यक्रममा घरपझोङ गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले गाउँपालिकाले गरेको कार्यसम्पादनका बिषयमा जानकारी दिएकी थिईन् । उनले घरपझाङले महिला तथा बालबालिका र ज्येष्ठ नागरिकहरुको हितमा सकारात्मक कार्य गरेको बताईन् ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया