सम्पादकीय—बिरामी रास्वपा र शल्यक्रिया

समाधान संवाददाता २०८१ असार २१ गते १२:१८

भखैरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवस्था संकटग्रस्त चित्रण गरेका महामन्त्री डा मुकुल ढकाललाई पार्टीको केन्द्रीय अनुशासन आयोगले ७ दिनका लागि निलम्बन गर्‍यो । पार्टी सभापति रवि लामिछानेलाई उनले बुझाएको प्रतिवेदनमा सार्वजनिक भएका केही विषयले पार्टी भित्र र बाहिर पनि तरंग ल्यायो । उनले पार्टीमा एउटा नियम ल्याए– बैठक पूर्ण गोप्य हुनुपर्ने । अचेल मोबाइलमा क्यामेरा, रेकर्डरसमेत हुने भएकाले बैठक स्थलमा सभापति र आफूले बाहेक फोन लैजान नपाइने । तिनै ढकालले बुधबारको केन्द्रीय समिति बैठक लाइभ प्रसारण गर्न नपाएर मुखमा कालो पट्टी लगाएर सहभागी भएर एकाएक चर्चामा आए ।

Advertisement


ढकालको प्रतिवेदनका मूल विषयले सामाजिक सञ्जालमा ध्रुवीकरण सिर्जना भएको छ । यो ध्रुवीकरणलाई सकारात्मक, नकारात्मक र स्वाभाविक जसरी पनि लिन सकिन्छ, लिइएको छ । पार्टीले गरेको निरन्तर गल्तीको कारण निराश बनेका पार्टी सदस्य, शुभेच्छुक र मतदातामा उनले आशाको सञ्चार जगाउन खोजेको देखिन्छ ।


७ असार २०७९मा स्थापना भएको पार्टीले प्रतिनिधि सभा निर्वाचन, ०७९मा रास्वपाले प्रत्यक्षमा ८ सिट (उपचुनावसहित) जितेको थियो । समानुपातिकमा माओवादी केन्द्रले बराबर (१० लाख भन्दा बढी मत) पाएको थियो । मूलधारका दलहरूमाथि निराशाका बढिरहेको बेला विभिन्न पेसा र व्यवसाय गर्ने विभिन्न युवा र नयाँ अनुहारहरू आबद्ध रास्वपाको उदयलाई मानिसहरूले आाशापूर्वक हेरेका थिए । स्थापना भएको एक वर्ष पनि नभई संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाको हाल प्रतिनिधिसभामा २१ सीट छ । ०८४ को चुनावमा एक्लै बहुमत ल्याउने दाबी रास्वपाका नेताहरुले गर्दै आएको अवस्था छ ।


रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी छ । ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । अहिलेको अवस्थामा रास्वपा राष्ट्रिय पार्टी मात्र बन्न सक्छ, प्रत्यक्षमा केही सिट मात्र जित्न सक्छ, यही गतिमा तल गइराख्यो भने त्यो अवस्था अझै खस्केर जान्छ । रास्वपा अहिले ‘बिरामी अवस्थामा रहेको’ र यसलाई ‘शल्यक्रिया’ बाट उपचार गर्नुपर्ने अवस्था छ । चिकित्सक समेत रहेका ढकालको पार्टी गम्भिर बिरामी भएकोले सर्जरी नगरे ०८४ मा राष्ट्रिय पार्टी बन्न मुश्किल भएको विश्लेषण छ ।


रास्वपा भर्खरै स्थापना भएको पार्टीभित्र राजनीतिक प्रणाली बनिसकेको छैन । पार्टीका नेता तथा कार्यकर्ता राजनीतिक संस्कारबाट दीक्षित बन्न सकेका छैनन् । पार्टी नीति र विधि अनुसार चल्न सकेको छैन । पार्टी सामुहिक र संस्थागत रुपमा चल्न नसकेको सवाल महामन्त्री ढकालले प्रतिवेदन मार्फत उठाएका छन् । पार्टी भित्रका विकृति र आन्तरिक रुपमा सुधार गर्नु पर्ने धेरै सवाल उनले उठाए । प्रतिवेदनलाई सबैको अपनत्व हुने गरी बनाएर सामुहिक र संस्थागत बनाउन सकेको भए कार्यान्वयन हुन सक्थाे ।

Advertisement

तपाईको प्रतिक्रिया