राजनीति नसुध्रिई अर्थतन्त्र सुध्रिन्नः डा वाग्ले

लेखनाथ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीति सङ्लिएमात्र अर्थतन्त्रमा सुधार आउने उल्लेख गरेका छन् । बिहीबार लेखनाथमा भएको लेखनाथ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।
वाग्ले संघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थामा व्यवसायिक चुनौती र सम्भावना’ विषयक उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै थिए । संसदमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने प्रचलन नभएको औंल्याउँदै उनले यो लोकतान्त्रिक मूल्य, मान्यता बमोजिम नभएको जिकिर गरे ।
डा वाग्लेले संविधान संशोधन गर्ने कुरा त्यति सजिलो नभएको बताउँदै १/२ जनालाई जोगाउनकै लागि अहिलेको समीकरण बनेको भए त्यस्तो सरकार २/३ महिनामै ढल्ने दाबी गरे ।
अर्थविद् वाग्लेले आर्थिक र राजनीतिक सुशासन कायम नभएका कारण अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको तर्क गरे । देशको समग्र अर्थतन्त्र बाहिर आएको हल्लाजस्तो दयनीय नभएको उल्लेख गर्दै उनले सूक्ष्म अर्थतन्त्रतर्फ भने थुप्रै सुधारका कुरा गर्नुपर्ने औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीति, अर्थनीति र कूटनीति सन्तुलित र स्थिर नहुँदा अहिलेको राजनीतिक प्रयोग अन्तिम विकल्प भएको तर्क गरे । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले विदेश जानेलाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्नेबारे सरकारी तर्फबाट नीति बनाइए पनि कार्यान्वयन प्रभावकारी बन्न नसकेको स्वीकारे ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले व्यवसायीले राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्ने तर सरकारको तर्फबाट व्यवसायीमैत्री नीति आउन नसकेको गुनासो गरे । सरकारले व्यवसायीलाई अंकुश लगाएर रकम तान्ने काम मात्र गरेको उनको आरोप छ ।
लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले विस २०५४ सालमा स्थापना भएको संघले यस क्षेत्रका सबै खालका व्यवसायीलाई संगठित गर्दै यस क्षेत्रको विकासका लागि सरकारी निकायमा लबिइङ गर्दै आएको जनाए ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका अधिकारी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पनि बोलेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया