गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा तिम्सिना

समाधान संवाददाता २०८१ असार २१ गते १८:५३

पोखरा ।

गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन्। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सदस्य नियुक्ति गर्ने निर्णय गरेको हो।

तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पालामा समेत उनी सदस्य नियुक्त भएकी थिइन्।

Advertisement

उनी नेपाल समाजवादी पार्टीको कोटाबाट सदस्य बनेकी हुन्।

आयोग उपाध्यक्षमा भने डा. कृष्णचन्द्र देवकोटा दोहारिएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया