प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

समाधान संवाददाता २०८१ असार २२ गते ११:४२

पोखरा ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहनसहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

Advertisement


नगद, माला र सम्मान पत्रसहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गरे । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाइ उनको छ ।


मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीलाई समेट्ने प्रयास गरिएको सुनाए । उनले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गरे । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको उनले जनाए ।


प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पीडा बोकेर खेलाडीले जीविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको दाबी गरे । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया