श्रवण दृष्टिविहीन बालबालिकालाई स्रोत कक्षा

पोखरा ।
विभिन्न कारणले शिक्षाको अवसरबाट वञ्चित श्रवण दृष्टिविहीन अपांगता भएका बालबालिकालाई शैक्षिक कार्यक्रममा जोडिने भएको छ । श्रवणदृष्टि विहीन संघ नेपालले चलाएको शैक्षिक कार्यक्रमले त्यस्ता प्रकृतिका बालबालिकालाई समेटिएको हो ।
सचेतना र वकालतमार्फत त्यस्ता बालबालिकाको शिक्षामा पहुँच पुर्याउन परियोजनाअघि बढाएको संघका अध्यक्ष पुष्पराज रिमालले बताए । संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले परियोजनाको सुरुवात तथा अपांगता भएका व्यक्तिको पहुँचयुक्तता संघको वेबसाइट उद्घाटन गरे ।
कार्यक्रममा संघका अध्यक्ष रिमालले हरेक बालबालिकाको आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क गरिएको भए पनि आवश्यक संरचना र पूर्वाधारको अभावमा त्यस्ता प्रकृतिका बा बालिका शिक्षाबाट वञ्चित भएको औंल्याए ।
श्रवणदृष्टि विहीन अपांगता भएका व्यक्तिको अधिकार र आवश्यकता बारेमा सचेतना अभिवृद्धि गर्दै आएको संस्थाले त्यस्ता बालबालिकाको शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न परियोजना सुरुवात गरेको उनले उल्लेख गरे । ‘गुणस्तरीय शिक्षामा त्यस्ता प्रकृतिका बालबालिकाको समावेशिकरण र पूर्ण सहभागिता प्रवद्र्धन गर्न ध्यान दिइनेछ,’ उनले भने, ‘परियोजना अन्तर्गत शिक्षा क्षेत्रका सरोकारवालालाई सचेत गरी शिक्षामा सहयोग गर्न आवश्यक शैक्षिक कार्यक्रम विकास गर्ने योजना छ ।’
रिमालले कार्यक्रमले अपांगता भएका व्यक्तिको शैक्षिक अधिकार प्रवद्र्धन, निश्पक्ष र समावेशी समाज निर्माणमा सहयोग पुग्ने बताए । अपांगता भएका व्यक्तिको विकास इस्टिच्युट कोरियाको आर्थिक सहयोगमा २५ जुन २०२४ देखि ३१ नोभेम्बर २०२४ सम्म परियोजना सञ्चालन हुन लागेको हो ।
उनले परियोजनाबाट २ हजार ४ सय ३४ जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित हुने जानकारी दिए । श्रवणदृष्टि विहीन संघ नेपाल, राष्ट्रिय बहिरा महासंघ र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा श्रवणदृष्टि विहीन अपांगता भएका व्यक्तिको शिक्षामा पहँुच पु¥याउन अमरसिंह माध्यमिक विद्यालयमा २१ जेठ २०८१ मा स्रोत कक्षा स्थापना गरिएको छ ।
महानगर, विद्यालय र संघबीच त्रिपक्षीय सम्झौता गरी श्रोत कक्षा स्थापना भएको हो । महानगरका उपमेयर मञ्जुदेवी गुरुङले दोस्रो कार्यकालको वहालीको क्रममा अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न काम थाल्ने घोषणा गरे अनुसार कार्यक्रम सुरुवात गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख आचार्यले श्रवणदृष्टि विहीन बालबालिकाको पठनपाठनका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा शैक्षिक कार्यक्रम सुरुवात भएको बताए । उनले नमुनाको रुपमा सञ्चालन भएको कार्यक्रमलाई सरकारी निकायको साथ सहयोग रहने जानकारी दिए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले अपांगता भएका बालबालिकाको शिक्षाको पहँुच सुनिश्चित गर्न महानगरले ध्यान दिने बताए । उनले सबैको सहकार्यमा सुरुवात गरिएको अमरसिंह माविको स्रोत कक्षामा ५ जना बालबालिका पुगेको बताए । अमरसिंह मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले अर्को स्रोत कक्षा स्थापना भएपछि विद्यालयमा ८ शाखा पुगेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी उपाध्यक्ष अञ्जना केसी, गण्डकी प्रदेश नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदी, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङ, गण्डकी बहिरा संघका उपाध्यक्ष पार्वती भुजेल, श्रवणदृष्टि विहीन संघ नेपालका सचिव हरिबहादुर केसी, कोषाध्यक्ष आशा गुरुङ लगायतले अपांगता भएका बालबालिकाको शिक्षाका बारेका बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया