सुविधा सम्पन्न सर्भिस सेन्टरसहित टिभिएसको शो रुम खुल्दै

पोखरा ।
लोकप्रिय दुई पाङ्ग्रे साधन टिभिएसको पोखरामा नयाँ बिक्री केन्द्र खुल्ने भएको छ । टिभिएस टु ह्विलर्सको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता स्क्वार्स मोटर्सले पोखराको नयाँ बजार मै नयाँ शोरुम सञ्चालनमा ल्याउन लागेका हुन्।
युवा व्यवसायीहरु आदर्शमान श्रेष्ठ र विनोज पोटेले हालै टिभिएसको आधिकारीक डिलरसिप लिएका छन् । नयाँ व्यवस्थापनमा स्क्वायर्स मोटर्स कम्पनी स्थापना गरेर उनीहरुले टिभिएसको बिक्री स्वामित्व लिएपछि नयाँ शो रुम खोल्ने तयारी गरेका हुन् ।
पोखराको नयाँबजारमा आगामी असार २६ गते एक कार्यक्रमकाबीचमा शो नयाँ शो रुमको उद्घाटन गरिने स्क्वार्स मोटर्स प्रालिका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले समाधानलाई बताए । त्यस्तै स्पेयर पार्टस् र सभिर्स सेन्टर भने पोखराको पर्स्याङमा खोलिने जानकारी पनि श्रेष्ठले दिए ।
कार्यकारी अध्यक्ष श्रेष्ठका अनुसार गण्डकी धौलागिरि क्षेत्रमा सर्वाधिक बिक्री हुने ब्राण्ड टिभिएस हो । त्यसैलाई ध्यानमा दिएर सुविधासम्पन्न सर्भिस सेन्टरसहित नयाँ शो रुम खोल्ने जिम्मेबारी टिभिएसको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्स आफुहरुलाई दिएकाे श्रेष्ठले बताए ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया