नाबालिका अपहरण गरी सामूहिक बलात्कार अभियोगमा पाेखराबाट दुई पक्राउ

समाधान संवाददाता २०८१ असार २३ गते १६:४०

पाेखरा ।

Advertisement

नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

धनुषा १० गोपालपुरका पोखरा–११, रानीपौवा बस्ने वर्ष २१ का अरुणकुमार दास र भारतका वर्ष १९ का सुनील दासलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार अरुण र सुनीलले असार १७ गते दिउँसो तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४, थर्पुबाट एक नाबालिकालाई ललाइफकाइ र त्रास देखाई ग८प ४२८० नम्बरको मोटरसाइकलको बिचमा राखी पोखरा ल्याएका थिए ।

उनीहरुले ती बालिकालाई रानीपौवा स्थित डेरामा बन्धक बनाई असार १८ गते बिहान सामूहिक बलात्कार गरेको खुलेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

सामूहिक बलात्कारपछि नाबालिकालाई मोटरसाइकलमै तनहुँ लैजाने क्रममा प्रहरीले पोखरा–३०, पावरहाउसमा उनीहरुलाई प्रहरीले पक्रेको थियो ।

पृथ्वी राजमार्गमा प्रहरीको चेकिङ देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता शर्माले जानकारी दिए ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा असार १८ गतेबाट लागू हुने गरी आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।

तपाईको प्रतिक्रिया