घरपझोङ पालिकाले राख्यो नगर प्रहरी

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले ३ जना नगर प्रहरी नियुक्त गरेको छ । नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि अनुसार घरपझोङले १ नगर प्रहरी हवल्दार र २ जना सिपाही राखेको हो ।
गाउँपालिकाको शान्ति, सुरक्षा, चाडपर्वमा हुने सुरक्षा व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, पार्किङ व्यवस्थापन र गाउँपालिकाका विकृति, विसंगति न्यूनीकरणमा नगर प्रहरी खटाइनेछ । गाउँपालिकाले नियुक्त गरेका नगर प्रहरीलाई आवश्यक आधारभूत तालिम प्रहरी कार्यालय मुस्ताङले दिएको छ ।
मुस्ताङमा घरपझोङ नगर प्रहरी व्यवस्थापन गर्ने पहिलो पालिका बनेको छ । घरपझोङले पुजन नेपाली, साजन विक र रोशनी विकलाई नगरमा नियुक्त गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा दीक्षान्त समारोह आयोजना गरियो ।
समारोहमा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले तालिम प्राप्त गरेका नगर प्रहरीलाई नगर प्रहरी दर्जेनी चिन्ह प्रदान गरे । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले संघीयता कार्यान्वयनको ७ वर्षपछि नगर प्रहरी नियुक्त भएको उल्लेख गरे ।
लालचनले नगर प्रहरीको विधि पद्धतिमा रहेर अनुशासित ढंगले पालिकाले सुम्पिएको कार्यभार पूरा गर्न आग्रह गरे । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले समग्र शान्ति सुरक्षा र बेथिति र सामाजिक सहकार्यका लागि गाउँपालिकाले नियुक्त गरेको नगर प्रहरी नेपाल प्रहरीका लागि सहयोगी बन्ने धारणा राखे ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया