जन्मदिनमा वृद्धाश्रमलाई सहयोग
लेखनाथ ।
जन्मदिनको अवसरमा होटल तथा पार्टी प्यालेसहरुमा गरिने फजुल खर्चको साटोमा लेखनाथका एक व्यवसायीले जन्मोत्सवमा वृद्धाश्रममा सहयोग गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को शिसुवामा बसोबास गर्दै आएका लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा लायन्स क्लब अफ लेखनाथका पूर्वअध्यक्ष राजेन्द्र ओझाले आफनो ५२ औं जन्मोत्सवका अवसरमा पोखरा २७ को सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रममा सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ लेखनाथ वर्ष २०२४/२५का कार्यसमितिका पदाधिकारी र श्रीमती ईन्दिरा ओझासहित आश्रममा पुगेका राजेन्द्र ओझाले आश्रममा वसोवास गर्दै आएका बालबालिका तथा वृद्धवृद्धाहरुका लागि आवस्यक पर्ने खाद्यान्न, सिलिण्डर ग्यास र पोडियम सहयोग गरेका हुन् ।
आश्रम सञ्चालक समितिका सचिव तिलकशाली अधिकारीलाई सहयोग सामग्री हस्तान्तरण गर्दै ओझाले आफूले आफना हरेक जन्मोत्सवमा फरक ठाउँ विशेषका आधारमा आवस्यकता हेरेर सहयोग गर्दै आएको जनाए ।
कार्यक्रममा लेखनाथ लायन्स क्लवका पूर्वअध्यक्ष मेजर रामप्रसाद गुरुङ, क्लबका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, सचिव तुलसी सपकोटा र क्लबका तृतीय उपाध्यक्ष डम्बरुबल्लभ चापागाईं र आश्रम सञ्चालक समितिका सचिव तिलकशाली अधिकारीले दानीलाई कहिल्यै हानी नहुने भन्दै अन्य दानवीरहरुले पनि जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटैती गरेर समाजलाई सकारात्मक सन्देश दिन सक्नुपर्नेमा जोड दिएका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया