विभूति पार्कमा वृक्षरोपण

समाधान संवाददाता २०८१ असार २४ गते १२:००

पोखरा ।
मदन भण्डारीको ७३ औं जन्म जयन्तीको सन्दर्भमा नेकपा (एमाले) वडा कमिटी पोखरा ५ले वृक्ष रोपण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित शहिद राष्ट्रिय विभूति पार्कमा विभिन्न जातका फलपूmल लगायत ५५ बिरुवा रोपेको वडा कमिटीका अध्यक्ष हेमराज भण्डारीले जानकारी दिए ।

Advertisement


नेकपा (एमाले)का केन्द्रीय सदस्य राजीव पहारीले कार्यक्रमको उद्घाटन गर्दै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएको बताए । पार्टीका विभिन्न कमिटीहरुले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर नेता भण्डारीलाई स्मरण गरेको उनले उल्लेख गरे ।


कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्यहरु धनबहादुर नेपाली, उमा कोइराला, कमला सुनार, जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बराल, सदस्यहरु उज्वल खत्री, कल्पना भूवांजी क्षत्री, हरि बराइली, पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, उपसचिव हरिमाया विश्वकर्मा, पोखरा महानगरपालिका वडा नम्बर ५का अध्यक्ष विष्णुप्रसाद बराल, वडा सदस्य गोविन्द पराजुली लगायतका नेता कार्यकर्ता सहभागी थिए । भारी वर्षातको बाबजुद वृक्षरोपण कार्यक्रम गरिएको वडा कमिटीका सचिव लक्ष्मण बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया