रोटरी पोखरा मिडटाउनको पदस्थापन

समाधान संवाददाता २०८१ असार २४ गते १८:४९

पोखरा ।
रोटरी क्लव अफ पोखरा मिडटाउनको २३ औं पदस्थापना शनिबार सम्पन्न भयो । कार्यक्रममा रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष सूर्यनारायण बरालको टिमलाई पदस्थापन गरिएको छ । समितिमा निवर्तमान अध्यक्ष सोनी ढेवाजु, प्रिसिडेन्ट इलेक्ट उपेन्द्र पौडेल, भाइस प्रेसिडेन्ट ई. शान्तराज बतास र संगिता तिमिल्सिना, सेक्रेटरी जीवन भण्डारी, ट्रेजेरर दीपक पराजुली र जोइन्ट सेक्रेटरीमा नवीन बराल छन् ।

Advertisement


डाइरेक्टरहरूमा शिवप्रसाद कोइराला, विकास अधिकारी, नवराज तिवारी, शान्ति श्रीस, डा. पविन थापा छन् भने सर्जन एट आर्ममा फणीन्द्र थापा, इडिटर कृष्ण घिमिरे, मेन्टर ई. महेन्द्र गोदार, ट्रेनर सुन्दर गुरूड र चेयरमा ई. शिवहरि आचार्य र डिक्की कार्की छन् ।


कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर इलेक्ट विनोद कोइरालाले सही रूपमा काम गर्न सकेमा रोटरीले बिभिन्न क्षेत्रमा ठूलो रकम ल्याएर सेवा गर्नसक्ने औंल्याए । कार्यक्रममा कृषि उद्यमी झिझिर्काकी मीना गुरूडलाई भोकेसनल अवार्ड प्रदान गरियो । ।सो अवसरमा पास्ट डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गणोश पौडेल, रोटरियन रबीन्द्र बास्तोला, सोनी ढेवाजु, विकास अधिकारी, कृष्ण घिमिरे, सन्तोष पोखरेल, उपेन्द्र पौडेल, नवराज तिवारी, सुन्दर गुरूड, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, सचिव जीवन भण्डारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया