सृजना विकास केन्द्रको संस्थागत सबलीकरण

समाधान संवाददाता २०८१ असार २४ गते १८:५०

पोखरा ।
सृजना विकास केन्द्रले संस्थामा आवद्ध आजीवन तथा साधारण सदस्यका लागि संस्थागत सबलीकरण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएकोे छ । उक्त अवसरमा केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले संस्थाको स्थापना कालदेखि हालसम्म भए गरेका गतिविधिहरुको संक्षिप्त जानकारी गराउँदै संस्थाले भविष्यमा लिनुपर्ने रणनीतिको बारेमा प्रस्तुति राखे ।

Advertisement


संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सभाका सभापति डम्बरबहादुर केसीले संस्थाको विधान, आर्थिक प्रशासन नियमावली, कर्मचारी नियमावली, संस्थाका विद्यमान कार्यविधिको बारेमा प्रस्तुति दिए । कार्यक्रमका स्रोतव्यक्ति पोखराका अग्रणी व्यक्तित्व विकल शेरचनले संस्थामा आवद्ध सदस्यहरुको नेतृत्व व्यक्तित्व विकासका लागि आवश्यक तत्वहरुका बारेमा प्रस्तुति राखे ।


कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार गणेशबहादुर अधिकारी र हरिप्रसाद बरालले विगतको अनुभव सेयरिङ गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । संस्थाका प्रथम उपाध्यक्ष शान्ति शर्माले स्वागत मन्तव्य राखे । कार्यक्रम संयोजक वीरबहादुर अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारे । उपसमितिका सदस्य राजु पौडेलले भएका छलफलको संक्षिप्त टिप्पणी समापन कार्यक्रममा प्रस्तुत गरे । कार्यक्रम सञ्चालन संस्थाका महासचिव चन्द्र गिरीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया