शुभकामना आमा समूहमा नेतृत्व विकास तालिम

समाधान संवाददाता २०८१ असार २४ गते १८:५२

गण्डकी ।
शुभकामना आमा समूहको आयोजना एवम पोखरा महानगरपालिका वडा नम्बर १७ को आर्थिक सहयोगमा आयोजित एक दिने क्षमता अभिवृद्धि एवं नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।


आमा समूहका प्रत्येक गतिविधि सञ्चालनलाई प्रभावकारी बनाउने उदेश्यले आयोजित तालिममा ४५ जनाको समुहका सदस्यहरुको सहभागिता थियो । पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतार्दै समूहका कार्यक्रम सञ्चालनमा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।


आमा समूहको बैठक तथा औपचारिक कार्यक्रम सञ्चालन, माइनुट लेखनका साथै प्रस्तुतिमा तालिम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै उनले नेतृत्व विकास गर्दै राजनीतिक, सामाजिक तथा आर्थिक विकासमा जोडिनुपर्ने आवश्यकता आंैल्याए । पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले सक्रिय सहभागिताबाट मात्र तालिमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै प्राप्त सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।
समूहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १७ का सचिव प्रमिला सुवेदी, म्यूजियम मार्ग टोल सुधार समितिका अध्यक्ष हरि बास्तोला, समूहका उपाध्यक्ष अञ्जु गुरुङ, सचिव मीना द्वारे लगायतले तालिमको महत्व र उपदेयता बारेमा चर्चा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया