खानेपानी संस्थानको समस्या हल गर्छु: महाप्रबन्धक श्रेष्ठ

पोखरा ।
नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले संस्थानलाई लगेको खारेजी प्रक्रिया रोक्न सफल भएको बताएका छन् । महाप्रबन्धक श्रेष्ठले संविधानले दिएको अधिकारलाई खानेपानी संस्थानले हरप्रकारले उपभोक्ताको सेवामा लाग्ने धारणा राखेका थिए ।
नेपाल खानेपानी संस्थान तालिम शाखाद्वारा आयोजित ४ दिने पानी परीक्षण तालिमको समापन गर्दै महाप्रबन्धक श्रेष्ठले कर्मचारी सेवा शर्त विनियमावली साउन मसान्तसम्ममा ल्याउने ठोकुवा गरे । जाइका आयोजनाको कामलाई जनशक्तिको अभावमा प्रभाव पार्न नहुने भन्दै हरेक शाखाबाट पोखरामा सम्पन्न हुन लागेको जाईका आयोजनामा जान कर्मचारीहरुलाई आग्रह गरे ।
तालिम शाखा प्रमुख निरण महर्जनको अध्यक्षतामा सम्पन्न भएको ४ दिने पानी परीक्षण तालिममा खानेपानी मन्त्रालयका सहसचिव राजाराम दाहालले मर्न लागेको संस्थानलाई व्युत्याईएको प्रसंग कोट्याउँदै केही महिनामै फरक पाउने बताए । कार्यक्रममा प्रशिक्षक सिनियर केमिष्ट अनुराधा ज्ञवालीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन् ।
कर्मचारी केदार धमलाको सञ्चालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त अवसरमा नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख कमल थापाले रचनात्मक तालिमले कर्मचारीको क्षमता वृद्धि विकास भएको बताए । थापाले तालिम फलदायी भएको अनुभव सुनाएका थिए । खानेपानी संस्थानको आयोजनामा भक्तपुर नगरकोटमा आवासीय सुविधासहितको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रको सभाहलमा गत १७ गतेदेखि सुरु भएको तालिममा संस्थानका विभिन्न २२ वटा शाखाबाट पानी गुणस्तर परीक्षणमा हुनु पर्ने नीति, नियम, ऐन, कानुन तथा मापदण्ड लगायत विषयमा चर्चा भएको थियो । तालिममा खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका शाखा प्रमुख इन्जिनियर पूर्णप्रसाद उपाध्याय, वासका निरव वैद्य लगायतले आधुनिकतामा पानीको गुणस्तरलाई हेर्नुपर्ने विधि र पद्धति बारेमा ज्ञान दिएका थिए ।
तालिमलाई थप व्यवस्थित, गुणस्तर र प्रभावकारी बनाउन खानेपानी संस्थानका ईं.निरण मर्हजन, सिनियर केमिष्ट अनुराधा ज्ञवाली, केमिष्ट दिपकनाथ योगी, वाटर क्वालिटी एसोसिएटका सुशील बन्जाडे लगायतले तालिम प्रदान गर्दै सहजीकरण गरेको सहायक प्रशासन अधिकृत दीपेश्वर मण्डलले जानकारी दिएका थिए । तालिममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुरुप प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई सुन्दरीजल पानी परीक्षण केन्द्र र केयुकेल अन्तर्गतको महांकालचौर पानी ल्याबमा फिल्ड भिजिट गराइएको थियो ।









सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया