गुप्तेश्वर क्याम्पसमा अनुसन्धानमूलक अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा ।
छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा असार २१ र २२ गते अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा सञ्चालन भएको उक्त सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालय सहित चार विश्वविद्यालयको प्रतिनिधित्व थियो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस थियो भने आदिकवि भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा थिए ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले जनस्तरबाट सञ्चालक भएका क्याम्पसले अनुसन्धान सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्नाले शिक्षक तथा विद्यार्थीमा सकारात्मक परीवर्तन ल्याउने कुारमा जोड दिए । उनले यस्ता अनुसन्धानात्मक कार्यक्रमले नयाँ तथ्यहरु उजागार गर्दै जाने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले अनुसन्धानमूलक कार्यक्रम गर्न क्याम्पसले सदैव प्राथमिकतामा राखेको सुनाए ।
कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नबिल बैंकका अमित श्रेष्ठ प्यानलिस्टको रुपमा रहेको दिगो व्यापार र व्यवस्थापनका विषयमा छलफल गरेका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राडा इन्द्रप्रसाद तिवारी र सिनावत्र विश्वविद्याल, थाइल्याडका प्रतिनिधि एके मभबुल ह्ये किनोट स्पिकरको रुपमा थिए । कार्यक्रममा पोखरा–१७ का वडाअध्यक्ष राधिका शाही योगी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका लक्ष्मण बास्तोला, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्साल, क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष युवराज लामिछाने ‘युवक’, क्याम्पस प्रमुख धर्मराज बराल, आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कार्यक्रमका संयोजक मोहन भण्डारी र अनुसन्धानकर्ताको तर्फबाट नारायण भण्डारी, दीपेन्द्र पहारीले बोलेका थिए ।
कार्यक्रममा ६३ जना अनुसन्धान कर्ताले प्रस्तुत गरेको कार्यपत्र माथि प्राडा विकासकुमार केसी, प्राडा हरि पाठक, प्रा विश्वराज अधिकारी, डा उमेशसिंह यादव, डा सूर्यबहादुर जिसी, डा श्रीकान्त खतिवडा, प्राडा दीपेन्द्र कार्की, डा दीपेश रानाभाट, डा विनोद घिमिरेले टिप्पणी तथा सुझाव राखे । कार्यक्रम सञ्चालन मनोरन्जन शर्मा, योगराज शर्मा र सागर पौडेलले गरेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया