रास्वपा महामन्त्रीबाट मुकुल ढकाल बर्खास्त, साधारण सदस्य भने कायमै

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकाललाई महामन्त्री लगायत पार्टीका सबै जिम्मेबारीबाट बर्खास्त गरिएको छ । भर्खरै सकिएकाे केन्द्रीय समितिको बैठकले महामन्त्रीलाई पार्टीका जिम्मेबारीबाट बर्खास्त गरे पनि साधारण सदस्य भने कायमै राखेको छ ।
रास्वपाको अनुशासन समितिले महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गर्न सिफारिस गरेको थियो । अनुशासन समिति भन्दा पार्टी थोरै नरम देखिएको छ ।
उनले पछिल्लो समय रास्वपा जनतामा अलोकप्रिय बन्दै गएको र यसको मुख्य कारण पार्टीि अध्यक्ष रवि लामिछानेका गतिविधि र बाेली भएको आशयको प्रतिवेदन पार्टीमा बुझाएका थिए । देशब्यापी डुलेर तयार पारिएको प्रतिवेदन पार्टीमा नबुझाउदै मिडियामा चुहाएको भनेर उनी आलोचित थिए ।
साेही प्रतिवेदनका बारेमा छलफल गर्न आयोजित बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका ढकालले प्रत्यक्ष प्रसारण नभएपछि बैठक मै मुखमा टेप टाँसेर सहभागी भएका थिए । बैठक लगत्तै उनले पार्टी अध्यक्ष लामिछानेका कारण समाप्तिको बाटोमा हिडेको भन्दै कठोर आलोचना गरेका थिए ।
त्यही बैठकले उनलाई एक हप्ताका लागि निलम्बन गरेको थियो । आज अनुशासन समितिले उनलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारवाही गर्न सिफारिस गरेपछि साेही बमोजिम निर्णय गर्न पार्टी केन्द्रीय कार्यालय घण्टी घरमा बैठक बसिरहेको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया