कोत्रे-बिरौटा वैकल्पिक मार्ग निर्माण सुरु

समाधान संवाददाता २०८१ असार २५ गते १७:०६
तस्बिर: सुदर्शन रञ्जीत


फडिन्द्र अकिञ्चन/भीमपाणि बराल
पोखरा, २५ असार
अबको ठिक एक वर्षपछि तपाईं काठकाडौंबाट पोखरा आउँदै हुनुहुन्छ भने पृथ्वीराजको कोत्रैबाट ५ किलोमिटर कमको दुरी प्रयोग गरी सिधै पोखराको बिरौटाचोक पुग्न सक्नु हुने छ ।

Advertisement


पृथ्वीराज मार्गको कोत्रे वा लामेआहालबाट वैकल्पिक बाटो प्रयोग गरी सिँधै पोखराको शिदार्थराज मार्गको विरौटाचोक सम्म अल्टनेटिभ रोड बन्ने भएपछि स्याङजा तथा पर्वत जाने यात्रुहरुको दुरी पाँच किलोमिटर घट्ने भएको हो ।
पहिलो चरणका वल्र्ड बैकको आर्थीक सहयोगमा कोत्रे–विरौटा सडक खण्ड अन्तरगतको पोखरा ३३ को कालिकास्थानबाट पुँडिटार÷लामेआहाल सडकको करिव १२.४४ किलोमिटरको बाटो स्तरोन्नतीका लागि मंगलवार सिलन्यासको काम सगै निर्माणको काम पनि अगाडी वढेपछि यस क्षेत्रका बासिन्दामा निकासले विकास ल्याउने आसा पलाएको हो ।


राष्ट्रिय गौरवको योजना अन्तरगत वल्र्ड वैकको आर्थीक सहयोगमा करिव ७७ करोड,६८ लाख,९२ हजार आठ सय ३७ रुपियाँको टेण्डर प्रक्रियाबाट निर्माण कम्पनीले कामको जिम्मा लिएपछि अवको ३ सय ९० दिनमा बाटो सम्पन्न हुने योजना रहेको छ ।
पहिलो चरणमा कालिकास्थानबाट लामगादी हुदै उपल्लो पुडिटारसम्मको करिव ९.२ किलोमिटर र लामगादीबाट लामेआहालसम्मको करिव ३.२ किलोमिटर गरि १२.४४ किलोमिटरको ब्यवस्थीत र सुविधा सम्पन्न फुटपाथ,नाला सहितको सात मिटर चौडाईको डवल लेण्डको बाटो बन्ने भएको हो ।

Advertisement


यसैगरि कालिकास्थान देखि दोभिल्लासम्मको करिव पाँच किलोमिटर बाटोको काम कन्द्रिय योजना अन्तरगत शडक डिभिजन कार्यालयबाट काम हुदै छ भने बाकी रहेको दिभिल्ला देखि महतगौडा हुदै विरौटासम्मको करिव दुई किलोमिटर बाटोको स्थरउन्नती भएपछि पोखरा भित्रिने ब्यवस्थीत बैकल्पीक मार्ग हुने भएको हो ।


बाटोको शिलन्यास गर्दै पोखरा महागरपालिकाका प्रमुख धनराज आचार्यले निर्माणका समयमा कुनै पनि अवरोध नआउने गरि निधार्रीत समयमा नै काम सम्पन्न हुने विश्वास दिलाउदै पोखरा वासीका लागि गौरवको योजनाका रुपमा रहेको बाटो अल्टनेटिभ र लाईफ लाईन रोडका रुपमा लिन सकिने बताएका थिए ।

Advertisement


कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले योजनालाई समयमा नै सम्पन्न गर्नका लागि स्थानियहरुको साथ सहयोग अपरिहार्य रहेकाले निर्माणको समयमा कुनै पनि वाधा ब्यवधान नदिनका लागि अनुरोध गर्दै निर्माणधिन सडक खण्डको वाकी रहेको वाटोलाई पनि मन्त्रालयको तर्फबाट सहयोग रहिरहने विश्वास दिलाएका थिए ।


सोही अवसरमा वल्ड बैकका नेपाल प्रतिनिधी अभिवाओेले परियोजनालाई समयमा नै सम्पन्न पार्न सकियो भने अन्य वाकी रहेका काममा पनि वल्ड बैकको सहयोग रहने बताएका थिए भने पुर्वाधार महाशाखाका प्रम्ख सुरेन्द्र पाण्डेले परियोजनाको कुल स्टमेट एक अर्व आठ करोड,४८ लाख ९१ हजार तिन सय २६ रहेपनि निर्माण कम्पनीले २८ प्रतिशत कममा टेण्डर प्राप्त गरेको जानकारी गराएका थिए ।


कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले यस क्षेत्रमा बन्ने यो बाटोका कारण समग्र पोखराकै आर्थिक बिकास देखि कृषि उत्पादनको बजारीकरण र रोजगार सिर्जना गर्न सहयोग पुग्ने धारणा राखेका थिए । वडा नम्बर ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सेनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया