रोटरी लेकसाइडको पदस्थापन

समाधान संवाददाता २०८१ असार २५ गते १७:२३

पोखरा ।
रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो ।

Advertisement


रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए ।

रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद दिए ।

Advertisement


कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गीता सिग्देल, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जयराम पौडेल, उपाध्यक्ष टोपबहादुर थापा, सचिव सुवास मल्ल, प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगल लगायतले बोलेका थिए ।


क्लबका आइपिपी शोभाकान्त सिग्देलले १ वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए ।
वर्ष २०२४/२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गरे भने क्लबका स्मारिका ‘द फेवा’ विमोचन भयो ।

Advertisement

बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा क्लब अध्यक्ष अधिकारी र फाउन्डेसनका् तर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया