रवीन्द्र र एञ्जललाई मदन–चन्द्रा साहित्य पुरस्कार

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार रवीन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
२५ हजार राशिसहितको यो पुरस्कारबाट यसअघि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् । प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
समाजसेवी मदनबहादुर खत्री क्षत्रीले पत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापना गरेको १ लाख ५५ हजार रुपैयाँको अक्षयकोषबाट पुरस्कृत गरिँदै आएको संस्थाका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । अक्षयकोषका क्षत्रीले समयको कालक्रम अनुसार पुरस्कार राशि सानो भए तापनि कोषको आकार वृद्धि हुँदै जाँदा राशि पनि वृद्धि हुने बताए ।
संस्थाद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा २७ रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि ११ हजार रुपैयाँ छ । त्रिवेणी पब्लिक माध्यमिक विद्यालयमा कक्षा ९ की छात्रा अधिकारी एथ्लेटिक्स खेलाडी हुन् ।
प्रतिष्ठानले २०६८ देखि १ लाख रुपैयाँको शुल्ला साहित्य बाल गौरव सम्मान कोष स्थापना गरी बालविकास, बालसाहित्य, बालोत्थान तथा तीक्ष्ण प्रतिभाशाली बालबालिकाको प्रोत्साहनमा प्रत्येक २ वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । दुवै पुरस्कार २ सय ११ औं भानु जयन्तीको अवसरमा असार २९ गते प्रदान गरिनेछ ।
सोही समारोहमा साहित्यकार डा गेहेन्द्रमान उदासको बालनाटक र रवीन्द्र माकाजूको ‘पोखरामा बाघजात्रा’ पुस्तकसमेत सार्वजनिक गरिने तय छ ।









१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
टेनिसमा शिवाली च्याम्पियन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया