पूर्वाधार विकास आयोजना अनुगमन

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मातहत सञ्चालित दुई विकास आयोजना अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल नेतृत्वको टोलीले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न१७र २१ जोड्ने फुर्से खोला दम्सादीस्थित फाकलतरा दम्सादी झोलुंगेपुल मर्मत आयोजना र पोखरा महानगर वडा नम्बर २३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको हो ।
३५ लाख ५८ हजार ३ सय ६४ मा २०८१ वैशाख ३ गते निर्माण सम्झौता भएको फुर्से खोला दम्सादीस्थित फाकलतरा दम्सादी झोलुंगेपुल मर्मत आयोजना २०८१ असार ४ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको पाइएको प्रमुख पौडेलले बताए ।
भिन जाली, रिपर्याप नाली प्लास्टिक सिट कभरिङ, बायो इन्जिनियरिङसहित क्याच ड्रेनको निर्माणले सो पुल सहित सो क्षेत्रको बस्ती संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने पौडेलले सुनाए । जिसस कास्कीको अनुगमन टोलीले पोखरा महानगर वडा नम्बर २३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको समेत अनुगमन गरेको छ ।
२०८० असार ८ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८० फागुन ७ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको छ । आरसिसी कार्य ग्याबिन ड्रेनसहित निर्मित सो आयोजनाको रैते कन्स्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरेको हो ।
टोलीमा जिसस कास्कीका पदाधिकारी, सदस्य, प्राविधिक, इन्जिनियरसहित सरोकारवाला कार्यालय स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका कर्मचारीसहित स्थानीयहरूको उपस्थिति थियो ।









पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया