इनरह्लि क्लब अफ न्युरोडको पदस्थापना

समाधान संवाददाता २०८१ असार २६ गते ११:३३

पोखरा ।
इनरह्लि क्लब अफ न्युरोड पोखराको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । क्लबका २३/२४ का अध्यक्ष मीना ढकाल शर्माले नवनिर्वाचित अध्यक्ष गीता केसीलाई पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा डिस्ट्रिक चियरमेन आशाकुमारी श्रेष्ठले महिलाहरुले समाज परिवर्तनका लागि अग्रसर भएर लागेको उल्लेख गर्दै मानवीय सहयोग नै क्लबको मुलमन्त्र रहेको बताइन् ।

Advertisement


विश्वव्यापी रुपमा इनरह्लि परिवारलाई सालग्न हुने अवसरहरु पनि प्रदान गर्ने र स्तन र पाठेघरको क्यान्सर कार्यक्रम, बालबालिकाका लागि अटिजममा विभिन्न विद्यालयहरुसँग सहकार्यमा काम गर्ने श्रेष्ठले बताइन् । उनले नेपालमा ४१ व्टा क्लब रहेको र यस वर्ष ५० वटा क्लब पुर्‍याउने लक्ष्य रहेको बताउँदै क्लब र सदस्य संख्या बढाउन आग्रह गर्दै पोखरेली क्लबको एकताको प्रशंसा गरिन् ।


त्यसैगरी निवर्तमान अध्यक्ष मीना ढकाल शर्माले आफ्नो कार्यकालमा गरिएका गतिविधिहरुको वृत्तचित्र प्रस्तुुत गर्दै सामाजिक, धार्मिक र मानवीय सेवामा लाग्दा सन्तुष्टी प्राप्त हुने बताइन् । उनले क्लबले नेतृत्व विकाससँगै एकताका साथै हरेक क्षेत्रमा काम गर्ने हौसला मिलेको सुनाइन् ।

Advertisement


रोटरी एसिस्टेन गभर्नर गीता सिग्देलले क्लबले महिला सशक्तीकरण मात्र नभई एकताका लागि शक्ति प्रदान गरेको बताइन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गीता केसीले अग्रज रोटरीयनको साथ लिएर आफ्ना भावी योजना अगाडि बढाई सामाजिक क्षेत्रमा संस्थालाई परिस्कृत गर्दै लैजाने जनाइन् । कार्यक्रममा रोटरी क्लब न्युरोडका पूर्वअध्यक्ष रविप्रसाद बरालले क्लबले अझै जिम्मेवार र परिस्कृत गर्दै लगेकोमा खुसी व्यक्त गरे ।


त्यसैगरी वर्तमान अध्यक्ष दीपेन्द्र शर्माले द म्याजिक अफ रोटरीको नारालाई आत्मसात गर्दै मानवीय सेवामा काम गर्ने बताए । कार्यक्रममा इनरह्लि क्लब अन्नपूर्णका अध्यक्ष रेनु श्रेष्ठ, इनरह्लि क्लब अफ पोखराका अध्यक्ष रेश्मा वैद्य, मिटटाउन पोखराका अध्यक्ष जुना थापा, कार्यक्रम संयोजक नारायणी बास्तोला, पूर्वअध्यक्ष गंगाकुमारी पराजुली पौडेल, मेनुका लाभाजु लगायतले क्लब र सामाजिक सेवाको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया