विशाल सहकारीको तर्जुमा गोष्ठी

समाधान संवाददाता २०८१ असार २६ गते १२:१५

पोखरा ।
बुद्ध विशाल बजार पोखरा ४ स्थित विशाल बचत तथा ऋण सहकारी संस्था लिले २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । १०२ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीले ती कार्य गरेको हो ।

Advertisement


संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखा समितिका संयोजक रामकृष्ण दुवाडीले हालको आर्थिक अवस्थाको गम्भीरतालाई मनन गर्दै ठूलो लक्ष्य राखेर धेरै प्रतिफल भन्दा पनि प्राप्तियोग्य लक्ष्य राखेर सुरक्षित रुपमा संस्था सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

संस्थाका वरिष्ठ सल्लाहकार गोविन्दप्रसाद ढकालले ठूलो महत्वकांक्षा नराखी यथार्थपरक कार्यक्रम तथा बजेटको मस्यौदा प्रस्तुुत गरेकोमा धन्यवाद ज्ञापन गरे ।

Advertisement


ब्यानरमा हस्ताक्षर गरी अध्यक्षबाट उदघाटन गरिएको कार्यशालामा संस्थाका उपाध्यक्ष बालकृष्ण ढकालले सहभागी सम्पूर्णलाई स्वागत गर्र्दै कार्यक्रममाथि प्रकाश पारेका थिए भने सञ्चालक इउल कुमारी पुनले सहकारीका ७ सिद्धान्त वाचन गरिन् । कार्यक्रम संस्थाका सचिवप्रदीपकुमार मुल्मीले सञ्चालन गरेका थिए ।


कार्यशालामा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले आव ०८०/०८१ को प्रगति प्रतिवेदन एबंम आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६ करोड १२ लाख ५८ हजार बराबरको अनुमानित बजेट प्रस्तावको मस्यौदा प्रस्तुत गरेका थिए । प्रमुख व्यवस्थापक शिवप्रसाद भट्टराईले सहजकर्ताको भूमिका निर्वाह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया