३७ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ असार २६ गते १३:३३

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।


रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गरे । कार्यक्रममा उनले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पारे । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उनले यहाँका सहकारीलाई चुस्त दुुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।


सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए ।


अध्यक्ष परियारको सभापतित्व एवं सचिव शरणकुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक गीता थापाले स्वागत गरे सहकारीका सात सिद्धान्त बाचन लेखा समिति सदस्य भीमकुुमारी खत्रीले गरेकी थिइन् ।

Advertisement

सहकारीका पूर्व अध्यक्ष एवं सल्लाहकार मेघराज पौडेल, जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य विमला थापा बस्नेत, सहकारीका उपाध्यक्ष कमलबहादुर पुन लगायतले बोलेका थिए ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, गगनगौडा साकोसका अध्यक्ष वसन्त पौडेल, गगन महिला विकास साकोसका अध्यक्ष पद्मा बास्तोला, नेपा रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र प्राविधिक प्रमुख महेन्द्र केसी, प्राविधिक टोली सदस्य अञ्जुु नेपाली लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया