एम्नेस्टी समूह ५४ को सभा
समाधान संवाददाता
२०८१ असार २६ गते १३:५२

पोखरा ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा भएको छ । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल समूह ५४ को पूर्व संयोजक कोमलनाथ कुँवरले मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताउँदै यो अभियानलाई व्यापक बनाई मानवअधिकार संरक्षण नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिए ।
एम्नेष्टी इन्टरनेसनल समूह ५४ को पूर्व संयोजक नवीनराज बरालले मानव अधिकारका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक सुरेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पूर्व संयोजकहरु अनन्त कोइराला र भानु पराजुली, समूह ८२ का संयोजक नरेश बराल, सहसंयोजकमा विष्णुहरि पन्थीले र सचिव मीना रानाभाटले बोलेका थिए ।
सम्बन्धित








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया