एमालेका सबै केन्द्रीय इन्चार्ज हटाइए, नयाँ तोक्न बाँकी

पोखरा ।
नेकपा एमालेले यसअघि केन्द्रीय कमिटीबाट तोकिएका सबै इन्चार्ज परिवर्तन गर्ने नीतिगत निर्णय गरेको छ । आज सम्पन्न सचिवालय बैठकले गत साथ तोकिएका इन्चार्जहरुकाे जिम्मेबारी हेरफेर गर्ने निर्णय गरेको हो ।
इन्चार्ज परिवर्तन गर्ने नीतिगत निर्णय गरेको बैठकले नयाँ इन्चार्जहरु भने तोकेको छैन् । अब छिट्टै जारी गरिने अन्तरपार्टी निर्देशनमा नयाँ जिम्मेबारी तोकेर खटाइने एमाले श्रोतले जानकारी दियो ।
गत वर्ष एमालेले केन्द्रीय नेताहरुलाई फरक फरक भूगोलमा इन्चार्ज तोकेर पठाएको थियो । प्रदेश इन्चार्जहरु आफ्नो प्रदेश भन्दा अर्को प्रदेशमा खटाइएका थिए भने जिल्ला इन्चार्ज पनि फरक जिल्लाका तोकिएका थिए । पालिका इन्चार्ज तोक्दा पनि यस्तै नीति अवलम्बन गरिएको थियो ।
अब भने भएसम्म आफ्नै भूगोलका नेतालाई इन्चार्जको जिम्मेबारी दिने निर्णय सचिवालय बैठकले गरेकाे उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
त्यस्तै अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा काम गर्न सक्ने नेताहरुलाई मन्त्री बनाउने निर्णय पनि सचिवालय बैठकले गरेको उपमहासचिव ज्ञवाली बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया