भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन सुरु

काठमाडौं ।
विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन सुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न सुरु गरेको हो । भिडोल इन्टरनेसनल, युकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै सुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए ।
अटोमोटिभ र इन्डस्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन सुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ ।
अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायत विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ,’ उनले भने ।
धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न सुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको थियो ।
अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डीिट्रजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड बनेको छ ।
भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयुभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हँुदै आएको छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया