स्काइ लाउन्जमा भोली सुबोध केसीको ‘क्लासिक एण्ड गजल साँझ’
समाधान संवाददाता
२०८१ असार २७ गते १३:१०

पोखरा ।
पोखरामा गायक सुबोध केसीले सांगितिक शो गर्ने भएका छन् । लेकसाइडमा रहेको ३६० स्काइ लाउन्जमा शुक्रबार केसीले ‘क्लासिक एण्ड गजल साँझ’ गर्न लागेका हुन् ।
कार्यक्रममा उनी र उनको टिमले विभिन्न हिन्दी तथा नेपाली गजलबाट दर्शकलाई मनोरञ्जन दिनेछन् । केसीलाई गाउनमा साथ गौरव राइले दिनेछन् । गौरवले गायनको अलवा हार्माेनियम, खनिस गन्धर्वले तवला, आशिष रिजालले गितारमा साथ दिनेछन् ।
कार्यक्रममा निशुल्क सहभागि हुन सकिने तथा कार्यक्रमको तयारी पूरा भएको लाउन्जका म्यानेजर मोहन बस्नेतले जानकारी दिए । गजल पारखी तथा पर्यटकहरुले गजल र संगितको मज्जा लिन सकुन भनेर कार्यक्रम निशुल्क गरिएको बस्नेतले बताए ।
कार्यक्रमका साँझ ७ बजेदेखि सुरु हुनेछ । गजल संस्कृतिको संरक्षण साथै मनसुनको समयमा पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया