
जोमसोम ।
नेपाल—चीन उत्तरी कोरलानाकामा अस्थायी पूर्वाधार निर्माण गरिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङको सहयोगमा सुरक्षा निकायका लागि भौतिक संरचना तथा उद्दार केन्द्र निर्माण गरिएको हो ।
सुरक्षाकर्मीका लागि भुकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री ६ कोठे भौतिक संरचना निर्माण गरिएको कार्यालय सूचना अधिकारी इन्जिनीयर घनश्याम रोकामगरले जानकारी दिए ।
उपल्लो मुस्ताङीका लागि औपचारिक रुपमा व्यापारिक कारोवार खुला भएसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा चाँसो दिएको हो ।
गत वर्ष जेठ १३ गते ४० लाख २५ हजार लागतमा निर्माण सेवा काठमान्डौंसँग ठेक्का सम्झौता भएको थियो ।
आपत्कालिन बासस्थान तथा उद्दार केन्द्र भवन निर्माण गर्न वातावरणमैत्री (प्रि—फाईप) एसवाई प्यानलको ६ कोठे भौतिक संरचना तयार भइसकेको कार्यालयका सूचना अधिकारी रोक्कामगरको भनाइ छ । भवनमा किचन कोठा, बैठक हल र ४ वटा अफिस कोठा, ट्वाईलेट र बाथरुम छन् ।
भवन निर्माणसँगै अप्ठेरो पर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई व्यवस्थापन गर्न सजिलो हुने बताइएको छ ।
कोरलानाका जाने पर्यटकका लागि पनि मौसम प्रतिकुल हुँदा ओत लाग्न सजिलो हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाकासम्म खानेपानीको स्रोत पु¥याउने लक्ष्य रहेको अध्यक्ष गुरुङले सुनाए ।
‘नेपाल विद्युत प्राधिकरणको सहयोगमा बिजुली पुगेको छ, अब टेलिकमको सहयोगमा मोबाईल टावर पनि राख्ने योजनामा छौं,’ उनले भने ।
उत्तरी कोरलाक्षेत्रको आफ्नो तिब्बती भूमी लिजीमा चीन भन्सार, सुख्खाबन्दरगाह, ईमिग्रेसन र सुरक्षा पोष्ट लगायतका दर्जनौ ब्यापारिक प्रतिष्ठान भवन निर्माण गरिसकेको छ ।
चीनले कोरलानाकासम्म आफ्नो स्वामित्वमा पर्ने क्षेत्रमा दुई लेनको समृद्ध सडक तथा विद्युत र खानेपानी लगायतका सबै पूर्वाधार निर्माण गरेको छ ।
कोरलानाकाको चीनतर्फ ठुला ठुला भौतिक पूर्वाधार निर्माण भईसक्दा नेपालतर्फको क्षेत्र खुल्ला पठार खाली छ । यसअघि लोमान्थाङ गाउँपालिकाले नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)संगको समन्वयमा राष्ट्रिय झन्डा गाडेको थियो ।
कोरलानाका खुल्ला हुनु पूर्व चिनले नेपाल पक्षलाई सुरक्षा निकाय बस्न मिल्ने ५ थान प्रि—फाईप कन्टेनर दिएको थियो । नाकाको नेपालतर्फ भन्सार लगायतका भौतिक संरचना निर्माण गर्न १ हजार रोपनी जग्गा मुस्ताङ भन्सार कार्यालयको नामा लालपूर्जा प्राप्ति भईसकेको छ ।
तर, कोरलानाकामा ३ वर्षअघि दीर्घकालिन भौतिक संरचना निर्माण गर्न डीपीआर सर्वे गरिएको भएपनि त्यसको प्रतिवेदन सार्वजनिक भएको छैन । चीनले कोरलानाकामा नेपाल पक्षको भौतिक संरचना निर्माण गरिदिने प्रस्ताव गरेपनि सररकारले त्यसको निर्णय गर्न सकेको छैन ।
कोरलानाकाको दजगजा क्षेत्रको दक्षिण १६ किमी यता भन्सार कार्यालयको जीर्ण भवनमा सशस्त्र प्रहरीको (बिओपी),नेपाल प्रहरी र भन्सारका कर्मचारी बस्ने गरेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया